अमेरिकामा सारङ्गी कार्यशाला सम्पन्न
|
Getting your Trinity Audio player ready...
|
ह्यारिसबर्ग,पेन्सिल्भेनिया/ नेपाली मौलिक बाजा सारङ्गी संरक्षणका लागि अमेरिकाको पेन्सिल्भेनियाको राजधानी ह्यारिसबर्गमा एक दिने कार्यशाला सम्पन्न भएको छ।
एसियन रेफ्युजी युनाइटेड (एआरयु)ले कार्यशालाको आयोजना गरेको हो। एआरयुको यूथ सेन्टरमा बुधवार सम्पन्न कार्यशालामा प्रसिद्ध सारङ्गी वाधक प्रोजेक्ट सारङ्गीका संस्थापक तथा निर्देशक किरण नेपालीले सारङ्गी संरक्षण प्रवर्द्धनका लागि खेल्दै आएको भूमिकाको बारेमा प्रस्टाएका थिए।
‘नेपालमा त जसोतसो धकेल्दै आएका छौ स्कुल सम्म पुर्याउन हरेकको घरमा पुर्याउन हामीले प्रयास गरिरहेका छौ अब नेपालमा मात्र होइन विदेशमा पुगेका सबै नेपाली सारङ्गीको प्रयोग गरिदिनु भयो भने यो बाजालाई जगेर्ना गर्न सबै माझ पुर्याउन सजिलो हुन्छ भनेर यो कार्यशाला आयोजना गरेका हौ।’ कार्यशालाको औचित्यबारेमा उनले प्रस्टाएका थिए।
उनले प्रोजेक्ट सारङ्गीको गतिविधिका बारेमा पनि जानकारी गराएका थिए। सारङ्गीलाई लोप हुन नदिन र यसलाई विश्व व्यापी बनाउने प्रोजेक्टको उद्देश्य भएको उनले बताए।
नयाँ पुस्तालाई सारङ्गी बजाएर पनि पैसा कमाउन सकिन्छ भन्ने सन्देश दिँदै आफ्नो प्रोजेक्टले कक्षा सञ्चालन गर्दै आएको नेपालीले बताए। उनले विश्वभर जहाँ रहे पनि अनलाइनबाट पनि कक्षा लिन सकिने जानकारी दिए ।
भिडियोमा हेर्नुस् सारङ्गी कार्यशाला
कार्यशालाको अन्तमा स्थानीय सङ्गीतकर्मी सह गुरुङ, बाला गुरुङ लगायतको सहकार्यमा किरणले लोक धुनहरू सुनाएका थिए।
कार्यशालामा सुनाइएको लोक धुनहरू
कार्यशालालाई ल्यानक्यास्टरका समाजसेवी तथा युवा व्यवसायी प्रेम बरालले प्रायोजन गरेका थिए।
के हो प्रोजेक्ट सारङ्गी ? किरण नेपाली सँगको भिडियो कुराकानी…












