लगानी सम्मेलन गर्ने तयारीमा सरकार
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानी शिखर सम्मेलन गर्ने बताएका छन् ।
सिंहदरबारमा आज आयोजित लगानी बोर्डको १२ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै विदेशी लगानी भित्र्याउनका लागि सम्मेलन गर्ने योजनामा सरकार रहेको बताएका हुन् ।
उनले विश्व बजारमा सूचना प्रविधिको क्षेत्रमा स्थापित कर्पोरेट कम्पनीहरुको लगानी नेपालमा भित्र्याउन शिखर सम्मेलन आयोजना गर्ने बताएका हुन ।
उनले पछिल्लो समय नेपालमा आर्थिक वृद्धि बढाउने राम्रा संकेतहरु देखिएको भन्दै त्यसले मुलुकको आर्थिक गतिविधिमा बढावा दिने विश्वास समेत उनले व्यक्त गरे ।
मन्त्री महतले नेपालमा पर्यटन, कृषि, जलविद्युत र सूचना प्रविधिको क्षेत्रमा लगानी बढने र बजारको पनि राम्रो व्यवस्था भएकाले यस क्षेत्रमा वाह्य लगानी भित्रिने समेत बताए ।
उनले भारतमा १० हजार मेघावाट विद्युत १० वर्षमा खरिद गर्ने सम्झौता भएको र चीनमा पनि सरकारले सोही खालको सम्झौंतालाई अब छिट्टै अघि बढाउने दाबी गरे ।















