संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग,न्युयोर्कका प्रतिनिधिमा नियुक्त थापाले लिए सपथ

काठमाडौं । संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका लागि नेपालको नवनियुक्त राजदूत/स्थायी प्रतिनिधि लोक बहादुर थापाले पद तथा गोपनियताको सपथ लिएका छन् ।
उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सपथ लिएका हुन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति पौडेलले थापालार्य पद तथा गोपनियताको सपथ ग्रहण गराएका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।
उक्त अवसरमा परराष्ट्रमन्त्री नारायण प्रकशा साउदलगायत सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।

फोटो : राष्ट्रपति कार्यलय