सभामुखले दिए नेपाली क्रिकेट टोलीलाई शुभकामना
काठमाडौं । सभामुख देवराज घिमिरेले आजदेखि सुरू हुने एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानविरुद्धको खेलमा नेतृत्वमा रहेको नेपाल टोलीलाई बधाई दिएका छन् ।
बुधबार उनले एक सुचना जारी गर्दै रोहित पौडेलको नेतृत्वमा रहेको नेपाल टोलीलाई जीतका लागि शुभकामना व्यक्त गरेका हुन् । एसिया कप क्रिकेट आजदेखि सुरु हुँदैछ । खेल नेपाली समयअनुसार दिउँसो सवातीन बजे पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।
नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्व वरियताको नम्बर एक टोली पाकिस्तानसँग खेल्न लागेको हो ।












