सन्दीपले एसिया कप क्रिकेट खेल्ने पक्का
नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछाने सोमबार पाकिस्तान जाने भएका छन् ।
उनीविरुद्ध ‘गौशाला २६’ले बलात्कारको मुद्दा दायर गरेकाले उक्त मुद्दाको अन्तिम सुनुवाइका लागि काठमाडौंमै बसेका थिए ।
तर, आइतबार काठमाडौं जिल्ला अतदालको १५ नम्बर इजलासको न्यायाधीशक प्रकाशप्रसाद पण्डितले हेर्न नभ्याएपछि बहस हुन पाएन ।
जसका कारण उनी सोमबार विहान कतार एयरवेजमार्फत पाकिस्तान जाने भएका हुन् ।
उनी सोमबार विहान १०ः २० को फ्लाइटमार्फत दोहा हुँदै पाकिस्तानको मुल्तान पुग्ने छन् ।
नेपाली टिमले १३ गते पाकिस्तानसँग एसियाकपको उद्घाटन खेलमा प्रतिस्पर्धा गर्दै छ भने भदौ १८ गते भारतसँग श्रीलंकाको क्यानडीमा खेल्ने छ । सन्दीपको अर्को पेशी भदौ २१ गते तोकिएको छ ।















