मन्त्री ज्वाला भन्छन् ‘योजना बनाएर मात्रै अगाडि बढौं’

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले कुनै पनि कार्य गर्नको लागि योजना बनाएर मात्र अगाडि बढ्नु पर्ने बताए ।
बुधबार काठमाडौंमा आयोजित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागको वार्षिक प्रगति सार्वजनिकीकरण तथा मन्त्रीसँगको अन्र्तक्रिया कार्यक्रममा मन्त्री ज्वालाले बजेट कम भएसंगै काम गर्ने क्रममा भोगेको समस्या नै महत्वपूर्ण अनुभव भएको बताए ।
उनले भने ‘ बजेटको कमी बजेटको अभाव स्रोत व्यवस्थापनको समस्या हामीले झेल्दै आएको सबै भन्दा ठूलो समस्या हो । कुनै पनि काम गर्नको लागि योजना बनाउनु पर्छ । ती योजना कार्यन्वयन गर्नुपर्छ । कार्यान्यवयन गर्ने क्रममा के के समस्या आए त ? के के समस्या देखियो । के के समस्यासंग जम्का भेट भयो । र त्यसको समस्या कसरी छिचोल्यौं भन्ने कुरा मुख्य पक्ष हो । ’
मन्त्री ज्वालाले नागढुङगा सुरुङमार्ग छिट्टै नै सम्पन्न गर्ने र त्यसले सवारी साधन संञ्चालनमा सहयोग पुग्ने बताए ।
यो कार्य नेपालको लागि नमूना कामको रुपमा चिनेने पनि उनको भनाइ छ ।