पपुलर भोटमा गगन थापालाई उछिने शशांक कोइरालाले, पदाधिकारीमा सर्वाधिक मत कसको कति ?

१४औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित गगन थापाले ३०२३ मत प्राप्त गरेका थिए । जुन पदाधिकारीमा सर्वाधिक थियो । थापाले दोस्रो चरणमा २७३३ मत ल्याएर सभापति निर्वाचित शेरबहादुर देउवालाई पनि उछिनेका थिए । तर थापाले ल्याएको सर्वाधिक मतलाई शशांकले ८ सयभन्दा बढी मत ल्याउँदै उछिनेका हुन् ।
यससँगै शशांक १४औं महाधिवेशनमा कमिटी निर्वाचनमा सर्वाधिक मत ल्याउने नेता बनेका छन् । उनले करिब ८० प्रतिशत मत प्राप्त गरेका छन् ।
यसैगरी पदाधिकारीअन्तर्गत उपसभापतिमा सबैभन्दा बढी पूर्णबहादुर खड्काले २१२१ मत पाए ।
आठ वटा सहमहामन्त्रीमा फरमुल्लाह मन्सुरले सबैभन्दा बढी २७७६ मत पाए ।