कांग्रेस खुला केन्द्रीय सदस्यमा देउवाको वर्चश्व, देउवा पक्षका २५, कोइराला पक्षका ९ (अन्तिम मत परिणाम सहित)
३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा २५ जना देउवा पक्षबाट विजयी भएका छन् भने सभापतिमा पराजित शेखर कोइराला पक्षबाट ९ जनाले जित हात पारेका छन् ।
शशांक कोइराला भने देउवा र शेखर दुवै पक्षमा थिए । खुला केन्द्रीय सदस्यमा सबैभन्दा बढी डा. शशांक कोइरालाले मत पाएका छन् । यस्तै एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्र बहादुर कार्की लगायतले बढी मत पाएका छन् ।
शनिबारबाट थालिएको मतगणना आइतबार साँझ सकिएको हो ।
यी हुन् देउवा पक्षबाट निर्वाचित सदस्य
१. एनपी साउद
२. बालकृष्ण खाण
३. उदयशमशेर राणा
४. रामहरी खतिवडा
५. रमेश लेखक
६ .ज्ञानेन्द्रबहादुर कार्की
७. शंकर भण्डारी
८. जिपछिरिङ लामा
९.गोपालमान श्रेष्ठ
१०. जितजंग बस्नेत
११. नैनसिंह महर
१२. सुनील बहादुर थापा
१३. मोहनबहादुर बस्नेत
१४. गोविन्द भट्टराई
१५. कुन्दनराज काफ्ले
१६. सुरेन्द्रराज पाण्डे
१७. पद्मनारायण चौधरी
१८. गुरु बराल
१९. राजीव ढुंगाना
२०. मदनबहादुर अमात्य
२१. उमेशजंग रायामाझी
२२. गणेश लामा
२३. कृष्णकिशोर घिमिरे
२४. डा. गोपाल दहित
२५. मोहन आचार्य
कोइराला पक्षबाट निर्वाचित
१. अर्जुननरसिंह केसी
२. डा. रामशरण महत
३. दिलेन्द्रप्रसाद बडु
४. बलबहादुर केसी
५. दिपक गिरी
६. डा. गोविन्दराज पोखरेल
७. सञ्जयकुमार गौतम
८. दिनेश कोइराला
९. अजयबाबु शिवाकोटी
कांग्रेसमा १६ जना पहिलो पटक केन्द्रीय समितिमा पुगेका छन् । जसमा- उदयशमशेर राणा, रामहरी खतिवडा, जितजंग बस्नेत, नैनसिंह महर, कुन्दनराज काफ्ले, गुरु बराल, सञ्जयकुमार गौतम, डा.गोविन्दराज पोखरेल, राजीव ढुंगाना, दिनेश कोइराला, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, उमेशजंग रायामाझी, गणेश लामा, मोहन आचार्य, कृष्णकिशोर घिमिरे रहेका छन् ।
कसले कति मत पाए




















