सहिद स्मारक ए डिभिजन लिग : जावलाखेललाई पहिलो तीन अंक
३८औं मिनेटमा विदेशी मिडफिल्डर निकोलास फर्नान्डेजले गरेको गोलमा जावलाखेलले अग्रता लियो । फर्नान्डेजले ओनयुना जनियरको पासलाई पोस्टको दिशा दिएका थिए ।
लिगको पाँचौ खेलमा आएर जावलाखेलले गोल खाता खोलेको हो । यसअघि पहिलो र दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लबलाई समान १-० को नतिजा सुम्पिएको जावलाखेलले तेस्रो खेलमा मच्छिन्द्र क्लबलाई २-० को नतिजा सुम्पिएको थियो भने चौथो खेलमा एपिएफसँग गोलरहित बराबरी खेलेको थियो ।
जावलाखेलको पाँच खेलमा चार अंक छ भने समान खेलमा च्यासलको पनि समान चार अंक छ ।















