सहिद स्मारक ‘ए’ डिभिजन लिग : हिठमालयन शेर्पाको पहिलो जित
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आइतबार हिमालयन शेर्पा क्लबले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) विरुद्ध ३-१ को जित निकाल्दै पहिलो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न एक मात्रै खेलमा शेर्पाको जितमा विदेशी खेलाडी मुतम्बा पिस्टोन, सुरेश कुमाल र मनिष थापाले एक/एक गोल गरे । बीबीसीका लागि भुवन बस्नेतले सान्त्वना गोल गरे ।
हिमालयन शेर्पाका मिडफिल्डर मुतम्बा पिस्टोनिले पाँचौं मिनेटमा अग्रता बनाए । ५३औं मिनेटमा बिग्रेडका भुवन बस्नेतको गोल बराबरी गोल गरे । ७५औं मिनेटमा सुरेश कुमालले हिमालयन शेर्पाको अग्रता दोब्बर पारे । खेलको इन्जुरी समयमा गोल गर्दै ३-१ को जित दिलाए ।
जितसँगै हिमालयन शेर्पाले पाँच खेलबाट पाँच अंक जोड्यो । समान पाँच खेलबाट बीबीसीले पाँच अंक जोडेको छ ।