दलाल पुँजीवादका कारण अर्थतन्त्रमा समस्या भयो : अध्यक्ष नेपाल

काठमाडौं । एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पुँजीवादका कारण राज्यको अर्थतन्त्रमा समस्या देखिएको टिप्पणी गरेका छन् ।
आईतबार काठमाडौंमा समाजवादी विद्यार्थी मोर्चाद्वारा आयोजित अन्र्तक्रिया कार्यक्रममा दलाल पुँजीवादले अर्थतन्त्रमा धेरै ठुलो समस्या खडा गरेको टिप्पणी गरेका हुन् ।
‘समाजवादको कुरा गर्दा यो कुरा बुझ्नु पर्छ की दुई वटा नाम क्रियाशील छ । एउटा पुँजीवादी व्यवस्था र अर्को समाजवादी व्यवस्था । हाम्रो देशमा पनि दलाल पुँजीवादले धेरै ठुलो समस्या खडा गरिरहेको छ । यो शिक्षा क्षेत्रमा पनि हावि छ । राज्यको अर्थतन्त्रमा पनि हावि छ । राज्यको प्रशासनमा पनि हावि छ । र हाम्रो व्यवस्थालाई अत्यन्त कुरुप बनाउने कार्यमा पनि त्यो जिम्मेवार छ ।’
उनले नेपाली समाजलाई समाजवादतर्फ उन्मुख गर्न र नेपालको अर्थतन्त्रलाई समाजवादको दिशामा लान चाहेको बताए ।
नेपालको शिक्षा प्रणलीदेखि लिएर स्वास्थ्य प्रणाली सम्म समाजवादको मान्यता अनुरुप अगाडी बढाउनु पर्ने उनको भनाई छ ।