२४ घण्टा नपुग्दै खारेज भयो नेपाल जादा क्वारेन्टाइनमा बस्नु पर्ने नयाँ नियम

अमेरिका । नेपाल जादा क्वारेन्टाइनमा बस्नु पर्ने भन्ने नयाँ नियम अध्यागमन विभागले २४ घण्टा नपुग्दै खारेज गरेको छ । डिसेम्वर १७ तारिकमा मात्र विभागले अमेरिका, क्यानडा,बेलायत सहित ६७ मुलुकलाई जोखिमयुक्त भन्दै नयाँ यात्रा निर्देशिका जारी गरेको थियो छ । कोभिड-१९ को नयाँ भेरियण्ट ओमिक्रोन जोखिमका कारण नयाँ व्यवस्था गरिएको भनिएको थियो ।
जोखिमयुक्त सूचिमा राखिएको मुलुकबाट नेपाल जादा फेरि क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था निर्देशिका उल्लेख थियो । तर १८ तारिकमा अर्को सुचना जारी गर्दै सात दिन होटल र सात दिन घरमा क्वारेन्टाइनमा बस्नु पर्ने भन्ने नियम हाललाई निलम्वन गरिएको जनाएको छ ।
अध्यागमन कार्यलयको नयाँ सूचनाका लागि यहाँ क्लिक गर्नु होला ।
विभागले क्वारेन्टाइनको व्यवस्था हटाए पनि अन्य सर्तहरु यथावत रहेको जनाएको छ ।
अमेरिका सहित ६७ मुलुकबाट नेपाल जादा फेरि क्वारेन्टाईनमा बस्नु पर्ने