एनआरएनए अमेरिका निर्वाचन: सबै भन्दा धेरै मत ल्याउने उम्मेदवार

पेन्सिलभेनिया, अमेरिका / गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको आगामी कार्यकालका लागि भएको निर्वाचनमा सबै भन्दा धेरै मत ल्याउने उम्मेदवार अध्यक्षमा निर्वाचित डा. अर्जुन बन्जाडे बनेका छन्।
जुलाई २२ र २३ तारिकमा निर्वाचन भएको थियो। २३ तारिक राति मात्र निर्वाचन आयोगले नतिजा सार्वजनीक गरेको थियो।
डाक्टर बञ्जाडेको पाँच हजार सात सय ३९ मत हरेको छ। उनले डिलु पराजुलीलाई नौ सय ३३ मतले हराएका थिए। पराजुलीले चार हजार आठ सय ६ मत पाएका थिए।
एनआरएनए अमेरिकाको यस पटकको चुनावमा पाँच हजार मत कटाउने चार जना मात्र भएका छन्।
महिला सचिवमा विजयी शान्ति पौडेल सबै भन्दा धेरै मत पाउनेको सूचिमा दोस्रो स्थानमा छिन्। उनले पाँच हजार तीन सय ९८ मत पाएकी छिन्।
महासचिवमा विजयी रामहरि अधिकारी पाँच हजार एक सय ९७ मत सहित तेस्रो धेरै भोट पाउने उम्मेदवार बनेका छन्।
यसै गरी आइसीसी सदस्य उम्मेदवार प्रवीण केसी पाँच हजार एक सय मत सहित सर्वाधिक मत पाउनेको सूचीमा चौथोमा रहेका छन्।
एनआरएनए अमेरिका निर्वाचन आयोगका अनुसार यस पटकको चुनावमा १३ हजार ६ सय ९२ मतदाता थिए। जस मध्ये ११ हजार दुई सय ६९ मत खसेको थियो। जसमध्ये नो भोटको ट्रेन उल्लेख्य रहेको थियो।
र यो पनि…