सुन प्रकरणको विषयमा सरकारले केही गर्न सकेन : एमाले सांसद रघुजी पन्त

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले सुन प्रकरणको विषयमा सरकारले केही गर्न नसकेको टिपपणी गरेका छन् ।
बुधबार बसेको नेकपा एमालेको संसदीय दलको बैठकपछि सांसद पन्तले सरकारले काम नगरेको तर कुरा भने ठूलो गर्ने गरेको आरोप लगाए ।
उनले भने ‘ भरियालाई दोषी देखाएर हुँदैन् त्यो सुन ल्याउने मुख्य मान्छे को हो त्यसको जगसम्म पुग्नु पर्छ ।
सुन प्रक्रियाको विषयमा जो जो सामेल छ त्यसलाई कारवाही हुनुपर्छ । त्यसैको बारेमा जोडदार आवाज उठाउछौं । काम चाँही नगर्ने ,को हो त्यो मुख्य मान्छे भनेर सरकारले पत्ता लगाउन सकेको छैन् । खाली मन्त्रीहरु चाही ठूलो ठूलो कुरा गर्दै हिड्ने । त्यसो हुनु भएन । दोषी पत्ता लाग्नु पर्यो ।
सुन प्रकरणको जग सम्म पुगेर त्यसको प्रमुख व्यक्तिलाई कानूनको दायरामा ल्याउनु पर्ने सांसद पन्तको भनाइ छ ।