चियापन भेलाले कांग्रेसमा एकताको सन्देश प्रवाह हुन्छ : सशांक कोइराला
काठमाडौं । नेपाली कांग्रेस नेता सशांक कोइरालाले आजको चियापान भेलाले कांग्रेस एकतावद्ध रहेको सन्देश प्रवाह हुने बताएका छन् ।
नेता कोइरालाले आज विहान काठमाडौंमा आयोजना गरेको चियापान समारोहमा बोल्दै उनले यस भेलाले पार्टी नेता कार्यकर्तालाई आराम मिल्नुका साथै बाहिर कांग्रेस एकतावद्ध छ है भन्ने सन्देश जाने धारणा राखे ।
उनले भने, ‘एक सातबाट चलिरहेको कांग्रेस केन्द्रीय समितिको बैठकमा धेरै इस्युहरुमा बहस भए । कतिपय विवादहरु भए, यहाँ आएर त्यो विवादहरुलाई समाप्त पार्नलाई भाइचाराको रुपबाट यो चियापानलाई हेर्नुप¥यो भन्ने मेरो भनाइ हो ।’
झन्डै एक साता अघिबाट चलिरहेको कांग्रेस केन्द्रीय समितिको बैठकमा देशका विभिन्न स्थान र क्षेत्रबाट आएका नेताहरुलाई कोइरालाले चियापानमा बोलाएका थिए । उक्त भेलाले कांग्रेसमा चर्किएको गुट उपगुट र संस्थापन तथा संस्थापन इतरका कांग्रेसी नेताका बीचमा देखिएको दरार र असमञ्जस्यतालाई चिर्न मद्दत गर्ने नेता कोइरालाको अपेक्षा छ ।