एनआरएनए अमेरिकामा अध्यक्षमा बन्जाडे विजयी भएको सूचना बाहिरियो, निर्वाचन आयोग नै अन्यौलमा

पेन्सिलभेनिया,अमेरिका/ गैर आवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको आगामी कार्यकालको लागि अध्यक्षमा डा. अर्जुन बन्जाडे विजयी भएको सूचना बाहिरएको छ।
एनआरएनए आइसीसीका अध्यक्ष निकटहरुबाट यस्तो सूचना बाहिरिएको जनाएको छन्। आइसीसी अध्यक्ष रविना थापाका श्रीमान नारायण थापाले नतिजा ब्रेकिङ्ग गरेका थिए। त्यस पछि अर्का अध्यक्ष डा. बद्री केसी निकटबाट पनि प्राप्त मत नै मिडियालाई उपलब्ध गराइएको थियो।
प्राप्त मत संख्खा नै खुलाएर नजिता बाहिरिए पनि त्यसको आधिकारिक घोषणा नै अन्यौलमा परेको छ।
निर्वाचन आयोगले आफु भन्दा पहिला अन्यत्रैबाट नतिजा बहिरिनुलाई आपत्ति जनाएको छ। अब के गर्ने भन्नेमा निर्वाचन आयोगका पदाधिकारी र उमेदवारका प्रतिनिधि बीचमा विवाद भएको जनाइएको छ।
उमेदवारको प्रतिनिधि र निर्वाचन आयोगका पदाधिकारी शनिवार देखि नै न्यु योर्कको नागराफल स्थित एक होटलमा बसेर काम गरि रहेका छन्।
आइसीसीबाट चुहिएको सूचना अनुसार बन्जाडे नौ सय ३३ मत अन्तरले विजयी भएका हुन्। बन्जाडेले पाँच हजार सात सय ३९ मत प्राप्त गरेको समाज टाइम्सलाई प्राप्त सूचनामा उल्लेख छ।
यस्तै डिलु पराजुलीले चार हजार आठ सय ६ मत प्राप्त गरेका छन्।
निर्वाचन आयोगले कुल १३ हजार ६ सय ९१ जनामा मताधिकार दिएको थियो। ११ हजार दुई सय ६२ जनाले मतदान गरेका थिए।
निर्वाचन आयोगका अनुसार बरिष्ठ उपाध्यक्षमा बिकास उप्रेती विजयी भएका छन्। उप्रेति बञ्जाडे समुहका हुन्।
उपाध्यक्षमा पनि बञ्जाडे समुहकै बाहुल्यता रहेको छ। प्रेम तामाङ, नेत्र पाण्डे, ज्ञानेन्द्र गुरुङ र भानु खरेल विजयी भएका छन्। खरेल मात्र पराजुली टिमका हुन्।
पहिला उपाध्यक्षमा सुनिता कडेल र युवा उपाध्यक्षमा अनुप खनाल विजयी भएका छन्।
महासचिवमा रामहरि अधिकारी विजयी भएका छन्। अधिकारीले गोपेन्द्र भट्टराईलाई हराएका हुन्। अधिकारी पराजुली समुहका हुन्।
सचिवमा दिपक सापकोटा विजयी भएका छन्।