कांग्रेस नेता गच्छदारले गरे नीति अधिवेशन माग

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले मंसिर अघि नै नीति अधिवेशन गर्न माग गरेका छन् ।
आइतबारको केन्द्रीय समिति बैठकमा उनले सकेसम्म मंसिरभन्दा अघि नै नीति अधिवेशन गर्न आग्रह समेत गरे ।
त्यस्तै उनले सभापति देउवाले बोल्न दिइएको समय सकिएको संकेत गरेपछि असन्तुष्टि जनाए ।
आफू बोलेका बेला सभापति शेरबहादुर देउवाले बीच–बीचमा रोक्ने गरेको भन्दै उनले असन्तुष्टि पोखे ।
उनले भने ‘मैले बोल्दा सभापतिजीले बेलाबखत रोक्ने गर्नुहुन्छ । यसले मलाई मद्दत नै पुग्छ। अहिले अलमल्याइदिनुभयो ।भर्खर ३ मिनेट गएको छ । ७ मिनेट त समय छ । पछि समय थपिदिनुहोला वा नथप्नुहोला त्यो तपाईंको अधिकारको कुरा हो । धेरै कुरा बोल्दा असहज होला, म बोल्दिनँ।’