अमेरिकामा गिरिजाबाबुको सम्झना,मनाइयो एक सयौ जन्मजयन्ती

न्युयोर्क,अमेरिका / नेपाली राजनीतिका शिखर पुरुष पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति गिरिजा प्रसाद कोइरालाको एक सयौ जन्मजयन्ती अमेरिकामा पनि मनाइएको छ।
गिरिजा प्रसाद कोईराला फाउण्डेशन अमेरिकाको कार्यालय उडसाईड न्युयोर्कमा कोइरालाको सम्झना गरिएको हो। कोइराला प्रति उच्च सम्मान ब्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो।
हाल अमेरिका भ्रमणमा रहेका कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल तरूण दलका पूर्व अध्यक्ष जीतजंग बस्नेतले द्विप प्रज्वलन गरे पछि कार्यक्रम शुरु भएको थियो।
कार्यक्रममा प्रमुख अतिथी बस्नेतले राजनीति प्रति घृणाभाव फैलिएकोमा चिन्ता व्यक्त गरे। ‘भए गरेको विकृती,विसंगती,भ्रष्टाचार लगायत व्यक्तिगत स्वार्थ र ईगोको कारणले आज राजनितीज्ञ प्रती नै घृणाभाव भैरहेको छ।’ उनले भने।
‘हामीले वहाँ जस्तो (कोइराला) निडर र देशभक्त नेताको एक सयौं जन्मजयन्ती, त्यो पनि अमेरिकामा वहाँकै नाममा स्थापित फाउण्डेशनकै कार्यालयमा मनाऊॅंन पाउॅंदा अत्यन्तै हर्षित भएको छु।’ बस्नेतले भने।
“सहमति,सहकार्य र एकता” भन्ने कोइरालाको भनाईलाई स्मरण गर्दै बस्नेतले जॅंहा रहेपनि देशका लागी सक्दो विकास तथा उन्नतीका लागि लाग्नु पर्ने बताए। उनले जीपी कोईराला फाउन्डेशनको प्रशंसा गर्दै प्रवासमा यस्ले कोरोना कहर लगायत पछिल्ला दिनहरुमा गरेको सामाजिक कामबाट आफु अत्यन्त गौरवान्वित भएको बताए।
यस्तै नेपाल पत्रकार महासंघका सचिव दीपेन्द्र चौहान र केन्द्रीय सदस्य प्रदिप काफ्लेले न्यूयोर्कमा कोइरालालाई सम्झदा आफुहरु हर्षित भएको बताए।
चौहानले अहिले देश ईतिहासमै संकटमा फसेको आफुले महसुस गरेको र यसलाई चिर्दै अगाडि बढी सही सुचना प्रवाह गर्ने महासंघको सिपाही भै देशका लागि लागिपरेको बताए। महासंघ केन्द्रीय सदस्य काफ्लेले केही पत्रकारका कारण राम्रा पत्रकार समेत कलंकित हुनु परेको दुखेसो गरे।
कार्यक्रममा सामाजिक अभियान्ता श्याम कार्की कोइरालाले देश र जनताका लागि गरेको योगदान तथा उनको विचारलाई अझैं विश्वव्यापी प्रचार प्रसार गर्न फाउण्डेशनलाई सुझाव दिए। यस्तै अर्का समाजसेवी बिरेन्द्र मानन्धरले अग्रज नेतृत्वको मार्गदशन एवं फाउन्डेशन जस्तो सामाजिक संस्थाको साथ एवं सहयोगले आफुहरूलाई कामगर्न हौसला र प्रेरणा मिलेकोमा खुशी व्यक्त गरे।
कार्यसमिती सदस्य ध्रुव कुवॅंर क्षेत्रीले अमेरिका एक कानुनी व्यवस्था,अनुशासन र कर्मले गर्दा विकास भएको र यस्तै विकास नेपाल जस्तो अल्पविकसित देशमा खाँचो भएको औंल्याए। उनले अमेरिकामा राम्रा कुराहरु सिके जानेका सिपहरु नेपालमा कार्यान्वयन गर्दै जानु पर्नेमा जोड दिए।
यसैगरी कार्यसमिती सदस्य सुर्य सिमखंडाले समाज सेवा आफ्नो रगतमा वगेको र केही गरौं भन्ने हुट्हुटी आफ्नो मनमा सधैं खेलीरहेको बताए। उनले आफुले फाउन्डेशनमा लागेर धेरै सामाजिक गतिविधिहरु गर्दै गरेको र यस्ले अमेरिकामा हामी सबै नेपाली एक भएर अद्वितीय मानवीय सेवा गर्न गराउन लागेको बताए।
प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारीले आफुलाई नेपाल र नेपाली परिवेशवाट छुट्याई प्रवासमा बचेको केहीसमय मानवीय कार्य गर्दै अमेरिकामा दुखमा परेका नेपाली हरुलाई यसै फाउण्डेशन मार्फत “सेवा नै धर्म हो” भन्ने नारा लिएर सेवा गर्दै आएको बताए।
अध्यक्ष सोमनाथ घिमीरेलेले फाउन्डेशन विशुद्ध सामाजिक उद्देश्य सहित नेपाल र प्रवासमा मानवीय सेवामा निरन्तर लागिरहेको बताए। उनले यस्ले विगतमा गरेका सामाजिक गतिविधि एवं भविष्यमा अझै सकृयता पूर्वक मानवीय सहयोगमा लागिपर्ने प्रण व्यक्त गरे।
