विभिन्न १९ संस्थालाई एसइई नतिजा उपलब्ध गराउने अनुमति

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा प्रकाशनका लागि १९ संस्थाले अनुमति पाएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले विभिन्न १९ संस्थाले प्रकाशन अनुमति पाएको सूचना मार्फत जानकारी दिएको हो ।
यस पटक पनि एसइईको नतिजा वेबसाइट, एसएमएस र आइभीआर बाट हेर्न सकिनेछ ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा प्रकाशनका लागि १९ संस्थाले अनुमति पाएका छन् । जसमा १४ वटामा वेबसाइटबाट हेर्न सकिनेछ भने ५ वटाबाट एसएमएस र आइभीआर बाट नतिजा प्राप्त गर्न सकिनेछ ।
यसअघिको जस्तै लेटर ग्रेडिङमा नतिजा प्रकाशित गर्ने अन्तिम तयारी भइरहेको छ ।