गायक रोविनको मृत्युबारे अनुसन्धान गर्दै प्रहरी : शव टिचिङ अस्पतालमा

काठमाडौं । गायक तथा कलाकार रोविन तामाङको आकस्मिक निधनबारे प्रहरीले अनुसन्धान थालेका छ ।
हिजो बुढानीलकण्ठस्थित आफ्नै घरको कोठामा मृत भेटिएका तामाङको शव पोस्टमार्टमका लागि टिचिङ अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले तामाङले आत्महत्या गरेको हुनसक्ने अनुमान गरेको छ । अनुसन्धान भइरहेको बुढानीलकण्ठ प्रहरीले जनाएको छ । गायक तामाङको निधन कसरी भयो भन्ने खुलेको छैन । प्रहरीका अनुसार गायकको शव भेटिँदा कोठाको ढोका भित्रबाट लागेको थियो ।
तर घटनास्थलमा कुनै सु साइड नोट नभेटिएको प्रहरीले जनाएको छ । पोस्टमार्टम रिपोर्टबाट मृत्युको कारणबारे केही बताउन सकिने प्रहरीको भनाई छ ।