क्यानडाबाट रञ्जनले ल्याए ‘नदेख्दा तिमीलाई’

काठमाडौँ । गायिका रचना रिमाल र गायक रञ्जन राईको सुमधुर स्वरमा सजिएको ‘नदेख्दा तिमीलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
रोमान्टिक भर्सनको यस गीतमा शब्द डी.पी खनालको रहेको छ भने सङ्गीत नवीन कार्कीको रहेको छ । गीतलाई विशाल निरौलाले सङ्गीत संयोजन गरेका हुन् ।
म्युजिक भिडियोमा नायिका केकी अधिकारी र रञ्जन कोइराला बिचको अनस्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ । बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।
रशिका कोइरालाको प्रस्तुति रहेको यस भिडियोलाई राजीव समरको निर्देशनमा तयार पारिएको हो। नरेश कोइराला निर्माता रहेको यस गीतको भिडियोलाई ओएसआर डिजिटल नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।