नेपाली राजनीतिमा विचारविहीनहरुको लहर चलेको छ : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले, नेपाली राजनीतिमा विचारविहीनहरुको लहर चलेको टिप्पणी गरेका छन् ।
मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण तथा “जबजका आयाम तथा विशेषताहरू’’ विषयक विचार गोष्ठीमा उनले उनले अहिले विचार सिदान्त केहि नभएको र समाजमा योगदानको मतलब नहुँने मानीसहरु चर्चामा आउँने लहर रहेको तर्क गरेका हुन् ।
‘राजनीतिक पार्टीहरु समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्छन् । अहिले एउटा लहर चलेको छ । विचार नचाहिने, बिना विचारविचार लिएर हामी आयौँ भन्ने लहर चलेको छ ।
योगदान सम्झिनु जरुरी छैन, योगदान बिर्सिए हुन्छ, योगदानको के मतलव छ र ?’ उनले भने ‘कसलाई फुर्सद छ योगदानका कुरा गर्ने ? कसलाई फुर्सद छ हाम्रा पूर्वजका योगदान सम्झिने, कसलाई फुर्सद छ आफ्ना आमाबाबुको योगदानको चर्चा गर्ने ? महिमा गाउने वा आमाबुबाप्रति कृतज्ञ हुने ? भन्ने खालका विचाहरु पनि आज सुनिन्छन् । तर हामी बिना इतिहास समाज यहाँ आएको छैन । धेरै उत्तारचढावबाट यो समाज यहाँसम्म आइपुगेको हो ।’
अर्को प्रशंगमा उनले गरीबि निवारणलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने बताएका छन् । जनता भोक भोकै मरिरहेको अवस्थामा शक्तिको अहङकारको पछाडी लागेर मात्र देश विकास नहुने उनको टिप्पणी छ ।
‘दुनीयामा जब गरीबी छ । जनता भोक भोकै मरिरहेका छन् । भने शत्तिको अहङकारको पछाडी लागेर मात्र हुँदैन् । पहिला भोकमारी समाप्त गर्नुपर्छ । गरीबी मानवसभ्यताको लज्जाको विषयको कुुरा हो । गरिबी निवारण हाम्रो पहिलो प्राथमिकता हो ।’ उनले भने ।












