अमेरिकामा गम्भिर सडक दुर्घटना,बालक सहित दुई नेपालीको निधन,चार घाइते,सहयोगको अपिल
टेक्सास,अमेरिका / टेक्सासको टेलरमा एक सडक दुर्घटनामा एक बालक सहित दुई नेपालीको निधन भएको छ। टेलर नजिकै ह्यारेल्टनमा जुन १७ तारिक भएको घटनामा चार घाइते भएका हुन्।
मुत्यु हुनेमा ३५ वर्षिया पाल्पाका सृजन ज्ञवाली र चितवनका ११ वर्षीया इमेज कार्की रहेका छन्। पारिवरिक भ्रमणमा निस्किएको समयमा पिकअप ट्रकको ठक्करले उनीहरु सवार कार पल्टिएको जनाइएको छ।
घटनामा परि घाइतेमा दिनेश कार्की उनी श्रीमती गंगाा छोरा इभान रहेका छन्। यसै गरि सृजन प्याकेरेल पनि घाइते भएका छन्। निधन भएका ११ वर्षीया इमेज दिनेशका छोरा हुन्।
नेपाली समाज टेक्सास एक सदस्यका अनुसार दिनेश कार्कीको टेक्सासमा ग्यास स्टोर छ। कार्कीको स्टोर रहेको क्षेत्रमा प्राकृतिक प्रकोपका कारण विधुतआपूर्ति बन्द थियो। जसका कारण स्टोर पनि बन्द हुन पुगेको थियो। सोही बेला कार्की परिवार र उनको स्टोरमा काम गर्ने सहित ६ जना एउटै कारमा घुम्न निस्किएका थिए।
ज्ञावली र प्याकुरेल दिनेश कार्कीकै स्टोरमा काम गर्दै आएका थिए। दिनेश कार्की परिवार नेपालमा चितवनका हुन। प्याकुरेल नेपालगञ्जका हुन्।
यसै बीच निधन भएकाहरुको दाहसंस्कार र घाइतेहरुका लागि आर्थिक सहयोग आह्वान गरिएको छ। आर्थिक सहयोग लागि गो फण्डको यो लिंकमा क्लिक गर्नु होला।













