प्रधानमन्त्रीको रोहवरमा दुई एनआरएनए बीच ‘एक हुने’ सहमति (सहमति पत्र सहित)
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का दुई समुह सहमति, सहकार्य र एकताका लागि तयार भएका छन्।
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको रोहवरमा दुबै पक्ष मिल्न तयार भएका हुन्।
‘आउँदो महाधिवेशन र निर्वाचन कार्यतालिका सहमतिका आधारमा निर्धारण गरिने छ।’ चार बुँदे सहमति पत्रको अन्तमा भनिएको छ।
पत्रमा उच्च स्तरिय वार्ता समिति एवम् कार्यलको तर्फबाट डीबी क्षेत्री र जानकी गुरुङले हस्ताक्षर गरेका छन्। क्षेत्री संस्थापन र गुरुङ संस्थापन इतरबाट वार्ता टोलीको नेतृत्वमा थिए।
यस्तै सहमतिको समयमा दुबै तर्फका अध्यक्षको उपस्थिति रहेको उल्लेख छ।
प्रतिनिधि छनौटमा विवाद हुदा अघिल्लो महाधिवेशनमा दुई ठाँउमा भएको थियो।
संस्थापन पक्षले डा. बद्री केसी, रविना थापा र कुल आचार्यको अध्यक्षतामा जम्बो कमिटी गठन गरेको थियो। संस्थापन इतरले विनोद कुँवरको अध्यक्षतामा कमिटी गठन गरेको थियो। कुँवरको टिमलाई एनआरएनएका पूर्व अध्यक्षले संरक्षण गरेका थिए।
सहमति पत्र















