हरेक मानिसले आफ्नो जीवनलाई बुझ्न आवश्यक छ : महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जीवनलाई सरल ढंगबाट बुझ्ने गरी पुस्तक आम जिज्ञाासुबीच पुस्तक आएको भन्दै हरेकले जीवनलाई बुझ्न आवश्यक रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा लेखक सुवर्ण हुमागाईद्वारा लिखित ‘जीवन,ईश्वर र मानिस’ पुस्तकको लोकार्पण समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले पुस्तकमा हरेक जिज्ञासा सरल ढंगले भेटिने बताए ।
उनले भने ‘ यो पिण्ड शरीर नाशवान छ, तर आत्मा किन नाशवान छैन्, धर्म के हो, धर्मको नाममा उत्पन्न भएको सामाजिक संस्कृतिहरुको उत्पत्ति कसरी भयो, ब्रम्हाण्डको सिर्जनाको आधार के हो । कुन प्रकारको पृथ्वीमा जीवको उत्पत्ति भयो, मान्छे र इश्वर एउटै हो कि होईन्, हो भने कसरी र होईन् भने पनि कसरी यो सबै जिज्ञाशाहरुको व्याख्या र वर्णन पुस्तकमा छ । ’
महामन्त्री थापाले कुखुरा पहिला कि अण्डा पहिला भन्ने जिज्ञाशाबाट पुस्तकको सुरुवात हुने चर्चा गर्दै पुस्तकमा विज्ञान र अध्यात्म दुवै कुरालाई मिसाएर यो प्रश्नको उत्तर दिने प्रयास लेखकले गरेको बताए ।
उनले भने ‘एउटा हिसाबमा यो सरल पनि लाग्छ, अर्को हिसाबमा जटिल पनि छ । यो सहजै रुपमा पढ्न सक्दैनौ यसलाई पढ्नको लागि हामीले आफूलाई तयार गर्नुपर्छ । यो पुस्तक पढ्दा मलाई सबै आउँछ भनेर पढ्ने हो भने बीचमा गएर थाक्छ । तर केही पनि थाहा छैन् भनेर पढ्ने हो भने जिज्ञाशा बढ्दै जान्छ र पढ्न रमाईलो हुन्छ । ’














