सरकारले करको दर हेरफेर गर्न पाउँछ तर औचित्य पुष्टि हुनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली काँंग्रेसका महामन्त्री गगन थापाले सरकारले करको दर हेरफेरको कुरामा हेरफेर गर्न पाइने बताएका छन् । तर उनले एउटा एउटा करको दर हेरफेर किन गरेको भन्ने औचित्यको भने पुष्टि हुनुपर्ने बताए ।
आइतबार प्रतिनिधिसभामा सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेट माथि टिप्पणी गर्दै सांसद थापाले छुट दिएको करको भार कति पर्यो र हटाउँदा के कति फरक पर्यो भन्ने औचित्यको पुष्टि हुनु पर्ने बताए । चाहे त्यो विद्युतीय गाडी होस अन्यमा तर किन भन्ने प्रश्नको जवाफ भने हुनुपर्ने उनको भनाइ थियो । उनले करको दर हेरफेर नै गर्न नपाउने भए विधेयक किन ल्याउने भन्ने प्रश्न पनि गरे ।
उनले भने ‘ प्रधानमन्त्री भनेको क्याविनेटको क्याप्टेन र सबै कुराको जिम्मा प्रधानमन्त्रीले लिने हो । त्यो स्रोत समिति जहाँ बैठक हुन्छ त्यहाँ प्रधानमन्त्रीको उपस्थिति नै हुँदैन् ।
बाहिर प्रधानमन्त्रीको भाषण एउटा हुन्छ यो गर्छु र त्यो गर्छु भनेर तर म यो गर्छु भनेर राखेको चाहनालाई व्यवहारमा अनुवाद गर्ने स्रोत समितिको बैठकबाट हुन्छ । यो त अर्थराजनीति निर्णय हो नी त । तर यहाँ हाम्रो राजनीतिक उपस्थिति हुँदैन् । मन्त्रालयमा त मन्त्रीज्यू बैठकमा बस्दै बस्नु हुन्न । सबै भन्दा बढी काम मन्त्रालयमा काम हुन्छ तर त्यहाँ मन्त्री ज्यु बस्नु हुन्न । तर बस्नुपर्छ । ’