संसदमा बजेट माथिको छलफल आज पनि जारी रहेन

काठमाडौं । संघीस संसद अन्तर्गतको प्रतिनिधि र राष्ट्रिय सभाको बैठक आज(बिहीवार) पनि जारी रहनेछ ।
सरकारले जारी गरेको बजेटको बिषयमा अहिलेक दुवै सदनको बैठकमा छलफल चलिरहेको छ । संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्दैछ । सरकारले गत १५ जेठमा आगमी आर्थिक वर्ष ०८०–८१ का लागि बजेट सार्वजनिक गरेको थियो । बजेको सन्र्दभमा दुवै सदनमा सांसदहरुले आ–आफ्ना धारण राख्दै आएका छन् ।
बिशेष यस पटकको बजेट डडेल्धुरा, गोरखा र नुवाकोटमा केन्द्रीय भएको भन्दै सांसदहरुले सरकारको कडा आलोचना गर्दैै आएका छन् । डडेल्धुरा काँग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला हो भने गोरखा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएको जिल्ला हो । त्यस्तै, नुवाकोट अर्थमन्त्री डा. प्रकाशशरण महतको गृह जिल्ला हो ।