तमु परिवार न्यूयोर्ककी नव निर्वाचित अध्यक्ष मनितालाई प्रश्न तेस्रो पटक किन ?
|
Getting your Trinity Audio player ready...
|
पेन्सिलभेनिया, अमेरिका / तमु परिवार न्यूयोर्कको अध्यक्षमा मनिता देबि गुरुङ पुन निर्विरोध निर्वाचित भएकी छिन्।
न्यूयोर्कमा सम्पन्न अधिवेशनले मनिताको अध्यक्षतामा १९ सदस्यीय कार्यसमितिको निर्विरोध चयन गरेको हो। उनी तेस्रो पटक यो संस्थाको अध्यक्ष भएकी हुन्।
तमु सोसाइटी, तमु पेलु संघ र तमु परिवार गरि न्यूयोर्कमा गुरुङ समुदायका तीन वटा संस्था छन्। तमु सोसाइटीमा विवाद उत्पन्न भए पछि सन् २०१७ मा तमु परिवार स्थापना भएको हो । डम्बर जङ्ग गुरङ यसको संस्थापक अध्यक्ष हुन्।
सन् २०१९ मा पहिलो पटक तमु परिवारको अध्यक्ष भएकी मनिताले यस पटक विधान नै संसोधन गरेर तेस्रो कार्यकाल संहाल्दै छिन्। उनी सन् २०२१ मा दोस्रो कार्यकालका लागि अध्यक्ष भएकी थिएन।
समाज टाइम्सले तमु परिवारकी नव निर्वाचित अध्यक्ष मनिता गुरुङलाई सोधेको थियो चार–चार वर्षमा के चै गर्न सक्नु भएन र फेरि दोहोर्याउनु भयो ।
कोभिड-१९ को समयमा धेरै काम भएन, २०१९ र २० मा । मान्छेले कुरा के गरेको छ भने अध्यक्ष नै नपाएर मनिता गुरुङ बसेको छ भन्ने कुरा पनि गर्यो होला, तर त्यस्तो होइन। हाम्रो मुख्य अभियान भनेको तमु भवन निर्माण गर्ने हो, अफिस बनाउने भन्ने हो । त्यसको लागि पैसा संकलन गर्दै छौ ।
पहिलाको अध्यक्षबाट मलाई आठ नौ हजार हस्तान्तरण भएको थियो। मेरो चार वर्षे कार्यकालमा ६७ हजार डलर संकलन भएको छ। अझै एक कार्यकाल बसेर एक फ्यामेली हाउस किन्न पर्यो, फेरि एक पटक तपाई नै बस्नु पर्यो भनेर सल्लाहाकारहरुले विषेश अनुरोध गरे, मैले पनि हात हालेको काम पत्ते गर्छु भनेर विधान संसोधन गरेर तेस्रो कार्यकालका लागि दोहोरिएको हो।
कहाँ किन्ने भवन
भवन न्यूयोर्कमा खरिद गर्ने हो। कहाँ हुन्छ खोज्दै छौ। अहिले आजीवन सदस्य बनाउने क्रम विस्तार गर्दै छौ। हाम्रो तीन वटा समाज छ कार्यक्रम गर्दा चार पाँच सय गुरुङहरु आँउछ तर लिखितम रुपमा छैन।
भाइवरमा दुई तीन सय सदस्य छ तर सबैले आजीवन सदस्यता लिएको छैन। पाँच सय डलर तिरेर आजीवन सदस्य बन्ने हो। अहिले सम्म ४०-४५ जना आजीवन सदस्य छन्। यसलाई निरन्तर दिने हो।
सदस्यता बने पछि संस्थाको माया लाग्ने रहेछ। सदस्यता नहुँदा यता पनि गएको छ उता पनि गएको छ। त्यही हुदाँ अब आजीवन सदस्य बनाउने त्यसो गर्दा पैसा पनि संकलन हुन्छ। भवन किन्नका लागि दश एघार लाख त चाहिन्छ। त्यसका लागि डाउन पेमेन्ट सम्मको पैसा त चाहियो। डाउन पेमेन्टको लागि पैसा जम्मा भयो भने घर किन्न सकियो। त्यस पछि हरेक सदस्य सँग महिनामा ३० डलर उठाएर मोर्गेज तिर्ने पैसा जुटाउने सिस्टम मैले राख्न लागेको हो। त्यसो नगरेर त कसैले पैसा नै दिदैन घर किन्न नै सकिदैन।
घर किन चाहियो
अब यति धेरै गुरुङहरु छ, एउटा अफिस त चाहियो नी। गलत सूचना नजाओस ठूलो हल त हामीले किन्न सक्दैन । सानो घर लिदा पनि तमु भवन भन्ने त हुन्छ नी ।
न्यूयोर्कमा गुरुङहरुको तीन संस्था छ अब पनि एकै ठाँउमा हौ भन्ने बेला भएको छैन।
हामीले धेरै पटक उठबस गर्यौ तर मिलेन हिजो सँगै काम गरेको हो। भोली त्यो अवस्था नआउला भन्न पनि सकिदैन तर अहिलेको लागि छैन सँगै हुने। सबै गुरुङ समेटिने संस्था बनाउने भन्ने हाम्रो भनाई हो तर केही एनजीओको स्वरुपमा गए पछि कुरा नमिलेको हो।
हामी सकैलाई राम्रो नराम्रो भन्दैनौ। अहिले पनि हामीले प्रयास गरेका थियौ तर दुबै पक्ष आआफ्नो अडानमा रहे पछि टर्यो।
तमु परिवार न्यूयोर्क ईन्क अमेरिकाको २०२३-२०२५ का लागि नव निर्वाचित कार्यसमिति
अध्यक्ष्य – मनिता देबि गुरुङ
प्रथम उपाध्यक्ष- बिन प्रसाद घले
दोस्रो उपाध्यक्ष – अमर ब. गुरुङ
सचिब – देबि जंग गुरुङ
सहसचिब – शक्ति राज गुरुङ
कोषाध्यक्ष- निरज घले
सहकोषाध्यक्ष – गम प्रसाद गुरुङ
सदस्यहरु :
प्रबिन गुरुङ
ज्ञान घले
चन्द्र कुमारि गुरुङ
टिका गुरुङ
रंगिता गुरुङ
सम्झना गुरुङ
मनित गुरुङ
दिपक गुरुङ
मिलन गुरुङ
सरोज गुरुङ
किर्ति घले
नर बहादुर गुरुङ

फोटो सौजन्य मनिता गुरुङ












