नागरिकता विधेयकको गल्ती सच्याऔं, राष्ट्रपति मन्त्रिपरिषद्का कारिन्दा होइनन् : अध्यक्ष लिङदेन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नागरिकता विधेयकमा गम्भीर गल्ती भएको औल्याएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठक सुरु हुनासाथ आफ्नो धारणा राख्दै राप्रपा अध्यक्ष एवं सांसद लिङदेनले राष्ट्रपति मन्त्रिपरिषद्को कारिन्दा नभएको पनि प्रष्ट पारे ।
उनले भने ‘चाँडो भन्दा चाँडो नागरिकता ऐनमा संशोधन हुनुपर्छ भन्नेमा कसैको दुईमत छैन् । पछिल्लो दिनमा यस्तो समयमा जुन प्रकृयाबाट नागरिकता विधेयक प्रमाणीकरण गरियो त्यस्को राप्रपा घोर भत्र्सना गर्दछ । चाँडो भन्दा चाँडो यस्लाई प्रकृयामा लगौं । यसमा कुनै प्रकारको ढिलाई नगरियोस र जुन गल्ती गरिएको छ त्यसलाई सच्याईयोस । राष्ट्रपति मन्त्रिपरिषद्को कारिन्दा हैन् । मन्त्रिपरिषद् आज्ञापालक हैन् । हामीले यसलाई जतिसुकै निष्क्रिय निष्पक्ष भनेता पनि अन्तत यो दलको निर्देशनमा चल्छ भनेका थियौं अहिले त्यही भयो । ’
राप्रपा अध्यक्ष लिङदेनले भारत भ्रमणको दुई घण्टा अगाडि मात्र किन विधेयक प्रमाणीकरण गरियो भन्ने पनि प्रश्नले पनि धेरै आशंका जन्माएको बताए ।