वर्षाले नेपाल र युएईको खेल प्रभावित, अब मंगलबार हुने

काठमाडौं । काठमाडौं उपत्यकामा विहानैदेखि मौसम खराब हुँदा अन्ततः नेपाल र युएईबीचको फाइनल खेल (रिजर्भ डे) अतिरिक्त दिनमा धकेलिएको छ ।
विहानैदेखि वादल लागे पनि पानी नपर्दा समयमै टस भएको थियो । तर लगातार खेल भइरहेका बेला २ पटकसम्म पानीले विथोलियो ।
टस हारेर पहिला ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रनमात्रै बनाएको थियो ।
त्यसपछि पनि पानीले खेल प्रभावित भएपछि भोलि सोही स्कोरबाट अगाडि खेल बढ्ने छ ।
युएईका आसिफ खान ४६, बसिल अहमद १०, आयन खान ५,कप्तान मोहम्मद वासीम ११,आर्यन लाक्रा १३, वृत अरविन्द ८,रमीज सहजाद १,रोहन मुस्तफा २ रन जोहर खान शुन्यमा आउट भए ।
नेपालका लागि ललित राजवंशीले ३, करण केसी र सन्दीप लामिछानेले दुई दुई तथा सोमपाल कामी र गुल्सन झाले एक एक विकेट हात पारेका छन् ।
भोलि क्रिजमा कार्तिक मेयप्पन र जुनेद सिद्दिकी आउँदा २७.४ औं ओभरको बल फाल्न ललित राजवंशी आउने छन् । उनले पहिलो बलमै विकेट लिएमा ह्याट्रि पनि पूरा गर्ने छन् ।
