एनआरएनए अमेरिकाको आजीवन सदस्यमा सीपी पौडेल समूहको ध्यानाकर्षण
पेन्सिलभेनिया,अमेरिका / गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति अमेरिका (सीपी पौडेल समुह) ले सदस्यता वितरणबारे आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।
सो समुहका अध्यक्ष पौडेलले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का कार्यकारी अध्यक्षलाई पत्र लेख्दै आजीवन सदस्यहरुको बारेमा कुनै प्रक्रिया शुरु नभएकोमा चासो राखेको हो।
‘गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समितिको एमआइएस प्रणालि मा यस एनआरएनए राष्ट्रिय समितिमा रहेका आजिवन सदस्य ज्यू हरूको अपडेटका सम्बन्धमा हालसम्म कुनै प्रक्रिया शुरू नगरिएको सम्बन्धमा यस राष्ट्रिय समितिको ध्यानाकर्षण भएको छ।’ पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
‘हाल अन्तर्राष्ट्रिय समितिले शुरु गरेको यस स्मार्ट एनआरएनए प्रणाली मार्फत सदस्यता वितरण प्रणाली अन्तर्गत साधारण सदस्यता वितरण चलिरहेको अवस्थामा आजिवन सदस्यका सम्बन्धमा देखिएको अन्यौलताको यथाशिध्र सम्बोधन गरी आवश्यक काम कार्वाही अधि बढाउन सहयोग पुर्याईदिनुहुन बिनम्रता पुर्वक अनुरोध गर्दछु ।’ पौडेलले भनेका छन्।
पत्रको बोधार्थ महासचिव द्वय गौरीराज जोशी र डा. केशव पौडेल तथा अमेरिकाज क्षेत्र क्षेत्रिय संयोजकलाई समेत पठाइएको जनाइएको छ।

पेन्सिलभेनिया,अमेरिका / गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति अमेरिका (सीपी पौडेल समुह) ले सदस्यता वितरणबारे आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।
सो समुहका अध्यक्ष पौडेलले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का कार्यकारी अध्यक्षलाई पत्र लेख्दै आजीवन सदस्यहरुको बारेमा कुनै प्रक्रिया शुरु नभएकोमा चासो राखेको हो।
'गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समितिको एमआइएस प्रणालि मा यस एनआरएनए राष्ट्रिय समितिमा रहेका आजिवन सदस्य ज्यू हरूको अपडेटका सम्बन्धमा हालसम्म कुनै प्रक्रिया शुरू नगरिएको सम्बन्धमा यस राष्ट्रिय समितिको ध्यानाकर्षण भएको छ।' पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
'हाल अन्तर्राष्ट्रिय समितिले शुरु गरेको यस स्मार्ट एनआरएनए प्रणाली मार्फत सदस्यता वितरण प्रणाली अन्तर्गत साधारण सदस्यता वितरण चलिरहेको अवस्थामा आजिवन सदस्यका सम्बन्धमा देखिएको अन्यौलताको यथाशिध्र सम्बोधन गरी आवश्यक काम कार्वाही अधि बढाउन सहयोग पुर्याईदिनुहुन बिनम्रता पुर्वक अनुरोध गर्दछु ।' पौडेलले भनेका छन्।
पत्रको बोधार्थ महासचिव द्वय गौरीराज जोशी र डा. केशव पौडेल तथा अमेरिकाज क्षेत्र क्षेत्रिय संयोजकलाई समेत पठाइएको जनाइएको छ।












