अमेरिकामा ‘जारी’ दोस्रो सातामा
पेन्सिलभेनिया,अमेरिका / अमेरिकामा नेपाली चलचित्र ‘जारी’ को प्रदर्शनी दोस्रो सातामा प्रवेस गरेको छ।
नेपाल ११ इन्टरटेन्टमेनले अघिल्लो शुक्रवार (अप्रिल १४ तारिक) देखि अमेरिकाका १४ शहरमा एकै साथ जारी चलचित्रको प्रदर्शनी गरेको थियो।
नेपाल ११ इन्टरटेन्टमेनका सिइओ प्याट्रिक सुवेदीका अनुसार पहिलो हप्ता एक सय भन्दा धेरै सो हाउस फुल भएका छन्।
कवि तथा लेखक उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र जारी न्यूयोर्क, टेक्सास, क्यालिफोर्निया,ओहायो, ग्रीन्सबोरो नर्थ क्यारोलिना, शिकागो, इलिओनेस र होनालुलु हवाईमा हलमा प्रदर्शन भएका हुन्।
‘आजबाट दोस्रो हप्तामा गयो’ समाज टाइम्म सँग सुवेदीले भने,’त्यो भन्दा पनि ठूलो कुरा सलमान खानको नयाँ चलचित्र र अमेरिकामा नै सात वटा नयाँ चलचित्र रिलिज भएको बेला, हाम्रो जस्तो सानो देशको जस्तो चलचित्र दोस्रो हप्तामा जानु उत्साह जनक हो।’
दोस्रो सातामा जारी प्रदर्शनी हुने शहर

सुवेदीका अनुसार नेपाली चलचित्रलाई हल पाउनै गाह्रो हुन्थो तर अहिले मल्टिपल सो पनि भएका छन्। ‘जहाँ गत हप्ता जारी प्रदर्शनी भएको थियो त्यहाँ बक्स अफिसमा धेरै ठाँउमा पहिलो र केहीमा दोस्रो स्थानमा थियो।’ उनले भने। ‘टेक्सास र न्यूयोर्कमा जारी पहिलो, क्यालिफोर्निया र ओहायोमा दोस्रो स्थानमा थियो, जारी चलेको हलमा।’
सुवेदीले अझै दश वटा शहरमा जारी प्रदर्शनीका लागि तयारी भएको बताए। ‘केही शहरमा मिति तय भएको छ केहीमा हामी हल खोजिरहेका छौ।’उनले भने।
जारी चलचित्र अब प्रदर्शनीमा आउने शहर

‘कवड्डी र छक्का पञ्जा भनेको नेपालको धेरै बजेटको मुभी हो यो भनेको (जारी) कम बजेटको मुभी हो।’ सुवेदीले भने, ‘तर कवड्डी र छक्का पञ्जालाई दर्शकले जसरी साथ दिएका थिए त्यसकै हाराहारीमा जारीलाई मन पराएका छन।’
सुवेदीका अनुसार लिम्बुको संस्कृति सँग जोडिएको भएकाले उनीहरु समुह समुह बनाएर चलचित्र हेर्न पाउने गरेका छन्।
चलिचत्र जारीले नेपालमा पनि राम्रो व्यापार गरेको छ। सलमान खानको ‘किसीका भाई किसीका जान’ जारीले ठक्कर दिएको छ। यस्तै जापान र अष्ट्रेलियामा पनि जारीलाई दर्शकले मन पराएका रिपोर्ट आएका छन्।
जारी चलचित्र क्यानडामा भने मे १९ तारिक देखि टोरन्टोका विभिन्न हलहरुमा प्रदर्शनी हुने छ। अन्य शहरमा भने सिङ्गल स्क्रिनमा देखाउने तयारी भइरहेको सुवेदीको भनाई छ।
दयाहाङ राई, मेरुणा मगर र विजय बरालको मुख्य अभिनय रहेको छ । कबड्डीका रामबाबु गुरुङले यो चलचित्र निर्माण गरेका हुन् ।
यो चलचित्र लिम्बुको जारी संस्कृतिमा आधारित छ जसमा एक विवाहित लिम्बु पुरुषले दम्पतीबीच झगडा भएपछि श्रीमतीलाई फिर्ता ल्याउनको लागि गरेको संघर्षलाई देखाइएको छ ।












