उपत्यकाका क्याम्पसमा स्ववियु निर्वाचन गराउन उच्च अदालतको अन्तरिम आदेश
काठमाडौं । उच्च अदालत पाटनले, रत्नराज्य लक्ष्मी क्याम्पस आरआर, नेपाल कमर्श क्याम्पस र पाटन संयुक्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन गराउन अन्तरिम आदेश दिएको छ।
मंगलबार उच्च अदालत पाटनका न्यायाधीश जगदीश घिमिरेको एकल इजलासले, तीनवटै रिटमाथि सुनुवाइ गर्दै विद्यार्थी हकहितको लागि स्थापित स्ववियु निर्वाचन यथाशीघ्र गराउन तीनवटै क्याम्पसलाई आदेश दिएको हो ।
आदेशमा विद्यार्थी हकहितको लागि स्थापित स्ववियुको निर्वाचनलाई अनिश्चितकालसम्म स्थगन गर्न मनासिव नदेखिएको समेत आदेशमा उल्लखे छ । आरआरका विद्यार्थी मदन भण्डारी, कमर्श क्याम्पसका दिवस सापकोटा र पाटन क्याम्पसमा सुरेश जिसीले निर्वाचन गर्न माग राख्दै रिट निवेदन दायर गरेका थिए ।












