जापान जान लागेका यु १२ खेलाडीलाई राष्ट्रपतिकाे शुभकामना
जापानमा हुने कोपा टरेरोस इन्टरनेशनल कप टोक्यो नेसन्स कपमा (Copa Tareros International Cup Tokyo Nations Cup) सहभागी हुन जाने १२ वर्षमूनिका नेपाली खेलाडीलाई विदाई गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनीवासमा आयोजित कार्यक्रममा खेलाडीहरुलाई सफलताको शुभकामना दिएका हुन् ।
खेल ३१ मार्चदेखि ५ अप्रिलसम्म हुनेछ । ४० वटा क्बल सहभागी हुने सो खेलमा जापानका ३२ क्बल र १२ वटा अन्य देशका रहेको जनाइएको छ । नेपाली टोली आजै साँझ त्यसतर्फ प्रस्थान गर्नेछ ।












