बाल्टिमोर बेल्टवेमा ठूलो सडक दुर्घटना, ६ जनाको मृत्यु
|
Getting your Trinity Audio player ready...
|
बाल्टिमोर,अमेरिका / अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर बेल्टवे स्थित इन्टर स्टेट ६९५ हाइवेको उडलअन क्षेत्रमा बुधबार दिउँसो भएको दुर्घटनामा छ जनाको मृत्यु भएको छ ।
बाल्टिमोर काउन्टीका अग्नि अधिकारीहरूका अनुसार निधन हुने हरु सडक निर्माण कार्यमा संलग्न व्यक्ति हुन्।
अनियन्त्रित रुपमा आएको कार कामदारहरुको भएको ठाँउमा एक्कासी प्रवेस गरि उनीहरुलाई ठक्कर दिन पुगेको थियो। के कारणले सो कार कार्यक्षेत्रमा पुग्यो भन्ने खुलाइएको छैन।
कार चालकलाई गम्भिर अवस्थामा अस्पताल भर्ना गरिएको जनाइएको छ। प्रहरीका अनुसार निधन हुनेहरु सडक निर्माणमा संलग्न कामदार बताइएको छ तर उनीहरुको थप पहिचान खुलाइएको छैन।
सार्वजनिक भिडियोहरुमा सडकको बीचमा कार पल्टिएको अवस्थामा देखिएको छ।








