पुटिनका आलोचक संगीतकार नोभाको निधन
मस्को । रुसी संगीतकार डिमा नोभाको दुर्घटनामा निधन भएको छ । पप गायका नोभाको आइतबार नदी तर्ने क्रममा हिउँबाट लडेर मृत्यु भएको छ । उनी आफ्नो भाइ र तीन साथीहरूसँग जमेको भोल्गा नदी पार गर्दै थिए जब उनी बरफबाट खसे। उनका दुई साथीलाई हिउँमुनिबाट उद्धार गरिएको छ भने तेस्रोको मृत्यु भएको छ ।
३५ वर्षीय नोभाले आफ्नो एउटा गीतमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गरेका छन् । आफ्ना गीतहरूमा भ्लादिमिर पुटिनको आलोचना गरेपछि उनी चर्चामा आएका थिए । उनका गीतहरू रसियामा युद्ध विरोधी प्रदर्शनहरूमा मानिसहरूले पनि प्रयोग गरेका थिए।
लोकप्रिय रूसी ब्यान्ड क्रीम सोडाका संस्थापक नोभाको वास्तविक नाम दिमित्री स्वरगुनोभ थियो। उनको सबैभन्दा लोकप्रिय गीत ‘एक्वा डिस्को’ गीत मानिन्छ, जुन युक्रेनमा रुसको आक्रमणपछि रुसी प्रदर्शनकारीहरूको र्यालीमा खुवै बज्यो । नोभाले आफ्नो गीतमा पुटिनको विलासी बंगलाको पनि आलोचना गरेका छन् ।
म्यूजिक ब्यान्ड क्रीम सोडाले सोमबार एक इन्स्टाग्राम पोस्टमा यसको संस्थापकको मृत्युको पुष्टि गरेको छ ।