अरुण सुब्रमण्यम जिल्ला न्यायाधीश नियुक्त
अमेरिका । भारतीय मूलका अमेरिकी नागरिक अरुण सुब्रमण्यम न्यूयोर्कको दक्षिणी जिल्लाको जिल्ला न्यायाधीश हुने भएका छन् ।
उनी यस अदालतमा काम गर्ने पहिलो दक्षिण एसियाली न्यायाधीश हुने यहाँको सिनेट न्यायिक समितिले यसको पुष्टि गरेको छ । गत वर्ष सेप्टेम्बरमा, अमेरिकाको बाइडेन प्रशासनले भारतीय–अमेरिकी वकिल अरुण सुब्रमण्यमलाई न्यूयोर्कको जिल्ला न्यायाधीशको रूपमा मनोनीत गरेको थियो ।
सुब्रह्मण्यम हाल न्यूयोर्कको कानुन फर्म सुस्मान गोडफ्रे एलएलपीमा आवछ छन् । यहाँ उनी सन् २००७ देखि कार्यरत छन् । उनले २००६ देखि २००७ सम्म अमेरिकी सर्वोच्च अदालतमा न्यायमूर्ति रुथ बडर गिन्सबर्गको लागि क्लर्कको रूपमा कार्यरत थिए ।
त्यसअघि उनले सन् २००५ देखि २००६ सम्म न्युयोर्कको दक्षिणी जिल्लाका न्यायाधीश जेरार्ड ई. लिन्चका लागि काम गरेका थिए । २००४ देखि २००५ सम्म, उनी अदालतको अपील न्यायाधीश डेनिस जेकब्सको कानून क्लर्क थिए ।
सुब्रमण्यमले २००४ मा कोलम्बिया ल स्कूलबाट जेडी र २००१ मा केस वेस्टर्न रिजर्भ युनिभर्सिटीबाट बीएको डिग्री हासिल गरेका थिए ।