ट्वीटरमा १० हजार क्यारेक्टरसम्म लेख्न पाइने !
अमेरिका । अब चाँडै ट्वीटरमा १० हजार क्यारेक्टरमा ट्वीट गर्न पाइने भएको छ । यसको घोषणा ट्विटरका मालिक एलोन मस्कले गरेका हुन् ।
अहिलेसम्म ट्विटर प्रयोगकर्ताले २४० क्यारेक्टरमा मात्र ट्वीट गर्न सक्ने भए पनि छिट्टै १० हजार क्यारेक्टरमा लेख्न पाउनेछन् । १०,००० क्यारेक्टरमा ट्विट गर्ने सुविधा सशुल्क अर्थात् ट्वीटर ब्लु टिकवालका लागि मात्रै हो की सवैका लागि हो त्यो भने मस्कले उल्लेख गरेका छैनन् ।
अमेरिकामा ट्विटर ब्लू सब्सक्राइबरहरूले ४ हजार क्यारेक्टर (अक्षर)मा ट्वीट गर्न सक्छन् । ट्वीटरको १६ वर्षको इतिहासमा यो दोस्रो पटक ट्वीटको सीमा बढाइएको हो । २०१७ मा, ट्विटरले १४० बाट २८० क्यारेक्टरको सिमा बढाएको थियो ।
हालैको एक रिपोर्टले विश्वको सबैभन्दा धनी व्यक्ति एलोन मस्कले पनि च्याटजीपीटी जस्तै एआई उपकरण बनाउन लागेको दाबी गरिएको छ । यसका लागि एलोन मस्कले डीपमाइन्डका अनुसन्धानकर्तासँग कुरा गरिरहेका छन् ।
एक रिपोर्टका अनुसार, टेस्ला र ट्विटर प्रमुख मस्कले हालै अल्फाबेटको डीपमाइन्ड एआई टोलीबाट राजीनामा दिएका अनुसन्धानकर्ता इगोर बाबुस्किनलाई हायर गर्ने बताइएको छ ।