कांग्रेस सभापतिका उमेदवार निधिको घोषणा पत्र (पूर्णपाठ)
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले १४ औं महाधिवेशनमा सुदृढ र गतिशील कांग्रेसका लागि सभापतिमा आफ्नो उमेदवारी ! भन्दै घोषणा पत्र सार्वजनिक गरेका छन् ।
घोषणा पत्र सार्वजनिक गर्दा निधिले भनेका छन्,’ विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको यस चरणमा मैले नेपाली कांग्रेसको केन्द्रीय सभापति पदमा आफूलाई प्रस्तुत गरेको छु। परिवर्तित राजनीतिक प्रणालीको व्यवहारिक पक्षहरुलाई सार्थक गर्नुपर्ने विवेक र तर्कको कसीमा मेरो यो उम्मेदवारी रहेको समेत स्पष्ट गर्न चाहन्छु।’
उनले ‘नेपाली कांग्रेसको पुनर्ताजगीका लागि नै नेतृत्वमा मेरो दाबेदारी हो।’ रूख चिन्हलाई कांग्रेसको सिद्धान्त, आस्था, नीति, कार्यक्रम, सहभागितासँग प्रष्टरूपमा जोड्ने मेरो लक्ष्य हो। ताकि यो रूख हाम्रो हो भन्ने सबैलाई अनुभूत हुन सकोस्।’ भनेका छन् ।
‘नेपाली कांग्रेस जस्तो गौरवशाली पार्टीको यस ऐतिहासिक १४औं महाधिवेशनमा हिमाल, पहाड, तराई–मधेस, पूर्वपश्चिमबाट अनेक कठिनाई झेल्दै सहभागी पार्टीका अग्रज, समकालीन र नवीन युवापुस्ताका साथीहरुले म माथि पूर्ण विश्वास गर्नुहुने छ।’ निधिले भनेका छन् ।
निधिको घोषणा पत्रको पूर्णपाठका लागि यहाँ क्लिक गर्नु होला ।







