गाँजा खेतीको विषयमा राज्य प्रष्ट हुनुपर्छ : कार्यकारी अध्यक्ष उप्रेती
काठमाडौं । नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष विष्णुराज उप्रेतीले गाँजा खेतीको विषयमा राज्य प्रष्ट हुनुपर्ने बताएका छन् ।
प्रतिष्ठानमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै उनले गाँजा खेतीको विषयमा राज्यको स्पष्ट नीतिको आवश्यकता रहेको भन्दै लहडको भरमा नभई नीतिले कार्यक्रमलाई मार्गनिर्देशन गर्नुपर्ने बताए ।
‘कानून मात्र ल्याएपछि भइहाल्छ भनेर हुँदैन । पहिला यो विषयमा राष्ट्र नीतिगतरूपले प्रष्ट हुनुपर्छ । नीतिले मार्गदर्शन गर्नुपर्छ अनि मात्र कार्यन्वयन गर्ने हो ।’ उप्रेतीले भने।
खेतीका लागि बीउहरू बाहिरबाट नल्याई आपैmले उमारेर गर्ने हुँदा यसको अनुसन्धानको लागि ठुलो धन खर्च हुने अनुमान गरिएको उनले बताए।
नेपालमै गुणस्तरीय गाँजाको बीउ उत्पादन गर्न सके यो व्यवसायलाई व्यवस्थित ढंगले अगाडि बढाउन सकिने प्रतिष्ठानले जनाएको छ ।
गाँजालाई सबैले सकारात्मक रुपले लिन नेता शेरबहादुर तामाङको आग्रह

नेकपा एमालेका नेता शेरबहादुर तामाङले गाँजा खेतीलाई सबैले सकारात्मकरूपले लिनुपर्ने बताएका छन् ।
प्रतिष्ठानमा आयोजित कार्यक्रममा बोल्दै उनले गृह मन्त्रालय, संसद सचिवालय लगायत सम्पूर्ण मन्त्रालयहरू गाँजा खेती गर्नुपर्छ भत्रे कुरामा सहभागी भइसकेको बताएका हुन् ।
‘गाँजाको सकारात्मक कुरा धेरै छन् । यसको नकारात्मक कुरालाई बिर्सेर यसलाई उजागर गरेर अगाडि बढाउने हो । संसद सचिवालय, गृह मन्त्रालय, कानुन मन्त्रालय , अर्थमन्त्रालय स्वयं यसमा सहभागि भइरहेको छ । ’
नेपाली समाजमा गाँजा भत्रे बित्तिकै नकारात्मक कुराहरू सोच्ने प्रवृत्ति भएको भन्दै उनले नकारात्मक कुरालाई बिर्सेर यसलाई उजागर गर्नुपर्ने बताएका छन् ।















