प्रवासी नेपाली मञ्च अमेरिकाको बाल्टिमोर भेला : तीन राज्य कमिटी पुनर्गठन
पेन्सिलभेनिया, अमेरिका / प्रवासी नेपाली मञ्च अमेरिकाको डिसी मेट्रो क्षेत्रीय भेलाले तीन वटा राज्य कमिटि पुनर्गठन गरेको छ।
मेरिल्याण्डको बाल्टिमोरमा आइतवार भएको भेलालले पेन्सिलभेनिया, भर्जिनिया र मेरिल्याण्ड राज्यकमिटि पुनर्गठन गरेको हो।
पेन्सिलभेनिया राज्य कमिटिको अध्यक्ष अभिषेक थापा चुनिएका छन्। यस्तै उपाध्यक्ष लोकदर्शन लामिछाने र सचिवमा प्रेमबहादुर खड्का छनिएका छन्। कोषाध्यक्ष पुण्य पाठक तथा सदस्यहरुमा मिना कुमारी पहारी,रामबहादुर जिसी र प्रमोद आचार्य रहेका छन ।
भर्जिनिया राज्य कमिटिमा विज्ञान खनाल अध्यक्ष चुनिएका छन्। उपाध्यक्षमा कल्पना रिजाल,सचिवमा हेम राना र कोषाध्यक्षमा सरस्वती शर्मा चयन भएका छन्। यस्तै सदस्यहरुमा टंक सुयाल,रामहरि फूयाल र भुपाल पोख्रेल रहेका छन्।
मेरिल्याण्ड राज्य कमिटी अध्यक्षको जिम्मेवारी ज्ञानेन्द्र गहतराजले पाएका छन्। उपाध्यक्षमा रेमन थापा, सचिवमा ज्ञानेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा नारायणप्रसाद सापकोटा चयन भए। सदस्यहरुमा सुदीप खतिवडा,राममाया गहतराज, ज्ञानप्रसाद खनाल, राज बोहरा र किरण खड्का रहेका छन्।
पेन्सिलभेनिया राज्य कमिटि निर्माणदेखि भर्जिनिया लगायतमा प्रवासी नेपाली मञ्चको संगठन निर्माणमा केन्द्रिय सदस्य दिपक सापकोटाको महत्वपूर्ण योगदान रहेको भेलामा जानकारी गराइएको थियो।
मञ्चका राष्ट्रिय उपसचिब गोविन्द खनालको अध्यक्ष भएको भेलामा दुर्गा विकले स्वागत मन्तव्य दिएका थिए। मञ्चका केन्द्रिय सदस्य तथा प्रचार विभाग सदस्य विजय बगालेले कार्यक्रम संचालन गरेका थिए।
यस अगाडि प्रमुख अतिथिको रुपमा भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका सल्लाहकार कमिटिका सदस्य माधव गौतम एमाले राष्ट्र र राष्ट्रियताको रक्षाका लागि जुन सुकै जटिल परिस्थितिमा पनि डटिरहने जिम्मेवार पार्टी भएकाले बताए।
उनले मंसिर चार गतेको निर्वाचनमा जनताले पार्टीलाई जिम्मेवार स्थानमा पुर्याएको र अहिले सो जिम्मेवारी पूरा गर्ने क्रममा रहेको बताए।
मञ्चका अन्तर्राष्ट्रिय कमिटिका अध्यक्ष सञ्जय थापाले विदेशको नागरिकता प्राप्त गरिसकेपछि पनि नेपाली नागरिकता प्रयोग गरि खरिद गरिएका सम्पति अप्ठ्यारो पार्न सक्ने औलाएका थिए।
एनआरएनएका लागि नागरिकता सम्वन्धमा संविधानले गरेको व्यवस्थामा कुनै तत्काल कुनै परिवर्तन हुन नसक्ने भन्दै अध्यक्ष थापाले प्रवासीहरुको नेपालमा रहेको पैत्रिक सम्पति र पछि आर्जन गरेको सम्पत्ति संविधानत सुरक्षित रहेको बताए।
उनले मञ्च अन्तर्राष्ट्रिय कमिटीको अल्प र दिर्ध कालिन कार्यक्रमको वारेमा प्रकाश पारेका थिए।
मञ्चको पाँच वटा माहादेश कमिटि, ३७ वटा राष्ट्रिय कमिटि र आवस्यकता अनुसार राष्ट्रिय कमिटी अन्तर्गत राज्य र नगर कमिटी गठन गर्ने सकिने व्यवस्था भएको थापाले जानकारी गराएका थिए।
कार्यक्रममा मञ्चका अमेरिका माहादेश इञ्चार्ज प्रभु थापाले संगठनको विगतका गतिविधिका कारण सरकारको न्युनतम शाझा कार्यक्रममा प्रवासवाट मतदान गर्ने कुरा समावेश भएको जानकारी गराए।
कार्यक्रममा अन्तर्राष्ट्रिय महिला विभाग प्रमुख कुन्ती थापाले नवगठित कमिटीलाई बधाइ ज्ञापन गरेकी थिइन।
विभिन्न व्यक्तित्वहरुको सम्मान
कार्यक्रममा विभिन्न क्षेत्रमा सफलता प्राप्त व्यक्तित्वको सम्मान गरिएको थियो। अमेरिकाको मुलधारको राजनितिमा प्रवेस गरेको भन्दै मेरिल्याण्ड राज्यको डेमोक्रयाटिक पार्टीको केन्द्रिय सदस्य सतिष चामागाईलाई सम्मान गरिएको थियो। यस्तै मञ्च,अमेरिकाको संस्थापक सदस्य राजेन्द्र केसीलाई सो अवसरमा सम्मान गरिएको थियो।
दोस्रो चरणको कार्यक्रमका वक्ताहरुले नेपालमा राजनैतिक पार्टीका केन्द्रिय नेताहरुमा हुने घर झगडा एवम कुनै विवादको असर प्रवासमा पर्न नहुनेमा जोड दिएका थिए।
उनीहरुले यहाँ क्रियाशिल सवै संस्था मिलेर नेपाली समुदायलाई एकतावद्ध वनाउन जोड दिए। दोस्रो पुस्ता नेपालीलाई अमेरिकाको राजनिति, सामजिक र व्यवसायको हरेको क्षेत्रमा स्थापित गराउन मिलेर कार्य गर्न पर्ने कुरामा पनि उनीहरुको राय थियो।
मञ्चका नेताहरुले विश्वभर छरिएर रहेका नेपालीहरु बीच प्रवासी नेपाली मञ्चले आफ्नो संगठन विस्तार गरिसकेको पनि जानकारी गराएका थिए । उनीहरुले विश्वका कुनै पनि मुलुकमा पुगेका नेपालीले आफ्नो जन्मभूमिका लागि जस्तोसुकै सहयोग गर्न पर्दा मञ्चले सहजकर्ताको भूमिका निर्वाह गर्ने कुरालाई जोड दिएका थिए ।
मञ्चका नेताहरुले प्रवासमा परिआउने हरेक समस्याको समाधानमा मञ्च समुदायसँग रहने गरेको उल्लेख गरेका थिए ।
दोस्रो चरणको कार्यक्रमको समापन गर्दै प्रवासी नेपाली मञ्च, अमेरिककाका अध्यक्ष कृष्ण लामिछानेले उपस्थित सम्पुर्णलाई धन्यावाद व्यक्त गर्दै सम्पुर्ण राज्य कमिटीलाई कम्तिमा तल उल्लेखित कार्यक्रम गर्न पर्ने जानकारी गराएका थिए।
१. सबै राज्य कमिटिहरूले प्रत्येक महिनाको पहिलो वा दोस्रो आईतबार वा शनिबार साझ वा बिहान फिजीकल वा मेसेन्जर वा जुम मार्फत बैठक बसी राज्यगत अबस्थाको आवस्यकता अनुसारका योजना निर्माण गरी कार्यान्वयन गर्ने ।
२. सबै राज्य कमिटिहरूले Summer BBQ को आयोजना गरी सबै ONF सदस्यका घर परिवारका सदस्यहरू सहित पारिवारीक रूपमा मनाउने । सो कार्यक्रममा सकेसम्म त्यस क्षेत्रका सामाजिक संघ सस्थाका प्रमुखहरूलाइ समेत निमन्त्रणा गरी ONF को पहुच बढाउने ।
३. NRNA लगाएक सबै सम्बन्धीत राज्यमा रहेका सामाजिक संघ/संस्थाको सदस्यता लिने ईच्छुक साथीहरु नेतृत्वमा जाने वातावरण वनाउने !
४. प्रत्येक बर्ष कम्तिमा एउटा Blood Donation को कार्यक्रम आयोजना गर्ने । (ONF एक्लै वा अन्य संस्थाहरूसंग मिलेर) ।
५. प्रत्येक नेपाली नयाँ वर्षमा शुभकामना आदान प्रदान वा सास्कृतिक कार्यक्रम सहित भब्यरूपमा मनाउने ।
६. प्रत्येक बर्ष कम्तीमा ONF का सदस्यका आमा, दिदी, बहिनीहरूलाई तिजको दर खुवाउने कार्य सहित पारिवारीक एवं आत्मियता बढाउदै संगित सहित नाचगानको आयोजना गर्ने ।
७. प्रत्येक बर्ष नेपालीहरूको सम्भव भए सम्मको सवै जात धर्मको महान पर्वको अवसरमा पारिवारिक जमघटको बातावरण बनाई शुभकामना आदान गर्ने |
८. आवस्यकता अनुसार थप योजना निर्माण गरी कार्यान्वयन गर्ने एवं ONF लाई सकृय र सामाजिक संस्थाकोरूपमा स्थापित गर्दै राज्य कमिटिको पुर्गठन, अधिबेसन गर्दै सदस्यता बिस्तार/नबिकरण गर्दै जाने । साथै ONF USA ले आयोजना गर्ने कार्यक्रमहरूमा सकृयता पुर्बक सहभागी हुन अनुरोध गर्ने निर्णय गरीयो ।