अमेरिकामा व्यवसाय गर्दै आएकी गोमा रास्वापाको केन्द्रिय सदस्य मनोनित
पेन्सिलभेनिया, अमेरिका । अमेरिकामा व्यवसाय संचालन गर्दै आएकी गोमा क्षेत्री राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सदस्य मनोतित भएकी छिन्।
नेपालमा रहदा ‘सेभ द चिल्डेन’ मार्फत नेपालका बालवालिकाको क्षेत्रमा सकृय क्षेत्री बाग्लुङमा समाजसेवीको रुपमा चर्चित छन् ।
अमेरिकाको बाल्टिमोरमा रहेर बिभिन्न व्यवसाय गर्दै आएकी क्षेत्रीको नेपालमा समेत ठूलो लगानी रहेको छ ।
गत सोमबार बसेको केन्द्रीय समिति बैठकले १६ जना केन्द्रीय सदस्य थप्ने क्रममा क्षेत्रीलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको हो।
क्षेत्रीले नेपालको समृद्धिको लागि आफ्नै देशको लागि केही गर्ने उच्च मनोवलका साथ राष्ट्रिय राजनीतिमा उत्रिएको बताइन् ।
‘विद्यालयलाई शान्ति क्षेत्र बनाउने मुख्य अभियानमा मेरो योगदान एउटा कुरा हो, त्यसलाई कार्यान्वयनका लागि राष्ट्रियदेखि जिल्ला तहसम्मका राजनीतिक दलहरूबाट प्रतिबद्धता जनाउन सफल भएँ । उनले भनिन्।
१६ जना थपिएसँगै रास्वपाको केन्द्रीय समिति ४० सदस्यीय बनेको छ। यसअघि रास्वपा केन्द्रीय समितिमा २४ जना सदस्य थिए।
बैठकले निशा मेहता, विन्दवासिनी कंसाकार, रूपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसरकार श्रेष्ठ, टीका संग्रौला ज्वाला, हरि भट्ट, ध्रुव गिरी, लिमा अधिकारी, रमेश प्रसाईं, अर्जुन अधिकारी, क्रान्तिशिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्रीलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेका थियो।



















