हिरोसिमा र नगासाकीका महिलाहरूको पीडा
कमल खनाल
सन् १९९४ मा मलाइ जापान जाने मौका मिल्यो। एशियाली मुलुक मध्येको सम्पन्न मुलुक, शक्तिशाली मुलुक,समुन्द्रले घेरिएको टापुहरूको मुलुक त्यो भन्दा पनि १९४५ मा अमेरिकाले बम हानेर अस्तब्यस्त बनाएको मुलुक। हरेक दृष्टिबाट हेर्नु र घुम्नु पर्ने मुलुकको थियो जापान। यो भ्रमण मेरा लागि यति उत्तेजित,समय र क्षण अर्को हुन सक्ने नै थिएन। भ्रमणको मुख्य स्थान नै १९४५ मा अमेरिकाले वम खसालेको ठाँउ थियो, हिरोसीमा।
ऐतिहासिक स्थलको भ्रमण। संसारभर चर्चामा रहेको देश। संसारको सहानुभति प्राप्त भएको देश। अमेरिकाले बम खसाल्दा खरानीमा परिणत भएको देश थियो। त्यति ठूलो बम प्रहारबाट पनि केहि संरचनाहरूको कंकालमात्र भए पनि बचेको रहेछ। जुन कंकाल आज पर्यन्त देख्न पाइन्छ।
हिरोसिमा पुगेपछि पिस मेमोरियल नजिकै रहेको एउटा घरको पूर्ण आकारको कंकाल देख्न सकिन्छ। जापान भोल्क्यानोज, भूकम्प र सुनामीले बढी नै प्रभाव पार्ने मुलुकमा पर्छ। जापानले गरेको आधुनिक बिकासको आधार भनेको अनुशासित जीवन शैली ,विश्वबिध्यालय प्रतिको भरोसा र आफ्नो लागि नभइ आउने सन्ततिका लागि काम भन्ने नै थियो।
हिरोसिमा र नागासकीमा भएको बमको प्रभाव अहिले सम्म परि रहेको पाइन्छ। बच्चा जन्मिदा फरक क्षमताका जन्मिने भएकाले हिरोसिमा र नागासाकीका महिलाहरूको बिबाह गर्न कठिन हुने रहेछ। त्यसैले बिदेशी केटाहरू भने पछि जपानिज केटीहरू हुरूक्कै हुन्थे।
अझ नेपाल र नेपाली भने पछि त छोड्नै नचाहने रहेछन। बिबाह नहुने डर उनिहरूमा धेरै पाइन्थ्यो। केटाहरूको भन्दा अबिबाहित केटीहरूको संख्या बेसी देखिन्थ्यो। सिनोमिया मिक्का हाम्रो लियाजो अफिसर थिइन। उनि हाम्रो संपर्कमा रहनु पर्थ्यो। नारिता एयरपोर्टमा बिहानको कलिलो उज्यालोमा हामी पुगेका थियौ। घामको तातो आइसकेको थिएन।
रमाइलो उज्यालोले हामीलाइ स्वागत गरिरहेको थियो। नारिता एयरपोर्टबाट बसमा हिरोसिमा पुगेका थियौ। जापान पुग्दा मलाइ सर्वथा नयाँ र खुशीको अनुभूति भइरहेको थियो। सम्पन्न मुलुकको पहिलो भ्रमण सेवा सुबिधाले पूर्ण थियो। सडक सफा, कालो र चिप्लो पहिलो पटक देखेको थिए। प्रदुषण बिहिन जनजीवन,त्यतिबेला नै भरपुर टेक्नोलोजीको प्रयोगले मानिसलाइ अभ्यस्त गराइसकेको रहेछ। मैले पहिलो पटक भेन्डर मेसिनको प्रयोग त्यहि देखेको थिए।
भेन्डर मेसिनबाट बियर झिकेर खाएको नौलो अनुभव थियो मलाइ। बियर खाए पछि निस्केको आवाजले प्रहरीको ध्यानाकर्षण गरेको थियो। प्रहरी देखे पछि हामी चुप भयौ। त्यति बेला देखिनै जापानिजहरूले नेपाल चिनेका र नेपाललाई माया गर्ने रहेछन। उनिहरूले नेपालीहरू प्रति गरेको ब्यबहारले त्यस्तै देखाइ रहेको पाइन्थ्यो। एक जना नेपाली टेनिस खेलाडिले त जापानिज केटीसँग बिहे नै गरेका थिए।
एकदिन एक जापानिज अधबैश केटी जसले प्राकृतिक चिकित्साको उपचार गर्दिरहिछन। केटीले उपचार गर्ने भए पछि नेपाली केटाहरू त्यहि पुग्थे। मोतोहिरा उनको नाम थियो। करिब ३५ बर्ष उक्लदै गरेको उमेर बोकेर हिडेकी थिइन। उनको बिबाह भएको थिएन।
उनले मलाइ उनको घरमा लान खोजिन। मलाइ जाँउ भनेर अनुरोध गरिन। मैले जान्छु त भने तर भोली भनेर पठाए उनलाइ। म अलि लजालु स्वभावको थिए। त्यो पनि केटी भने पछि लाजले भुतुक्कै हुन्थ्ये। भोलि पल्ट उनि आइन घर जाउ भनिन। मलाइ मेरा साथिहरूले धेरै तर्साए। म जाउ कि न जाउ भए। पछि साथिहरूले जानु पर्छ भने मलाइ लाग्यो साथिहरूले मलाइ उल्क्याइ रहेका छन।
अनि भन्छन सुन बुढी हो यसले त तपाइलाइ कहाँको कहाँ पुर्याइ दिन्छे। यसरी साथिहरूले मलाइ फकाए जस्तै गर्न थाले। मैले सोचे उसलाइ बचन दिए पछि धोका दिन हुन्न भन्ने थियो र दिइन पनि। उ सँगै म उसको घरमा गए। उसले पनि मेरा साथिहरूलाइ लान्छु पनि भनिन जाउ पनि भनिन। उसले मलाइ लिएर गइ।
जापानिजहरू कति बिनयशिल हुदाँ रहेछन। मैले उसको घरमा पुगे पछि थाह पाए। धेरैजसो जपानिजहरूको घरमा ओफुरो हुदोरहेछ। सम्मानको एउटा कडी थियो ओफुरो। लाजले भुतुक्क भएर ओफुरोको प्रयोग गरे। उनिहरूमा त्यसको कुनै लज्जाबोध थिएन जति मलाइ थियो।
बिभिन्न ठाँउमा हामीलाइ सम्मान गरिएको थियो। जहाँ पुगेपनि केटीहरू हामीसँग फोटो खिच्न टास्सिहाल्थे। फोटो खिचाए पछि खुसीको सीमा पार गर्थे। त्यो उनिहरूको जीनवले प्राप्त गर्न नसकेको एक मनोबैज्ञानिक असर थियो।
बिबाहको अवसर बाट बन्चित महिलाहरूले यौन परिपुर्तिका लागि सरकारले तोकेको रेडलाइट एरियामा जाने रहेछन। जापान सरकारले कुल बजेटको ७ प्रतिशत राजस्व प्राप्त गर्दो रहेछ यस ब्यबसाय बाट । उनिहरूले त्यहाँबाट दुवै कुराको प्राप्ति गर्नेरहेछन। अलि उमेर बढी भएकाहरू बिदेशीहरूसँग बसेर फोटो खिचाउदा पनि खुशी हुने रहेछन। त्यसैले उनिहरूको शोख फोटो खिचाउनुमा हुनेरहेछ।
सिनोमिया मिक्काको म प्रति ठूलो भरोसा रहेछ मलाइ त्यो आभास थिएन । एक महिनाको लामो बसाइले म प्रति उनको बिश्वास निकट भइसकेको रहेछ। मलाइ त्यस्तो कुनै किसिमको अनुभूति थिएन। अर्थात म माथि पुरै बिश्वास घोप्ट्याएकी रहिछन्।
हामी जस्तो नौ जवान माथि उनको आकर्षण स्वभाविक थियो। छुट्टिने बेला उनि धेरै रोइन। अहिले खाडी र मलेसिया लगायतका मुलुकमा लोग्ने जादा श्रीमति रोए जस्तै उनि रोइन। रूदै हामी सँगै बस चडिन। एयरपोर्ट पुग्दा सम्म उनका आखामा आशू भरिएका थिए।
नागोया एयरपोर्टमा उनको र मेरो बिछोड भयो। बिछोड नरमाइलो हुदोरहेछ। उनिसँग खिचेको फोटो अहिलेसम्म मेरो एल्बममा रहेछ । सिनोमिया मिक्का बाँचिरहेकी भए म जस्तै बुढी भइसकिन होला। मैले जस्तै उनले पनि सम्झिरहेकी होलिन। २९ बर्ष अगाडि मेरा लागि उनले आसू बगाएकी थिइन।
मैले केहि गर्न सकिन उनका लागि मेरो अल्लारे पनले उनको आसू हेरिरह्यो। मैले पछुतो महसुस गरिरहेको छु। जापानमा बनेका सामान जापानमा किन्दा महंगो पर्ने रहेछ। जापानमा बनेका सामानले संसार भर बिस्वास दिलाएका थिए भरपर्दो र बिस्वासिलो भएर। धेरै जापानिजहरू पनि सामान किन्न सिंगापुर जानेरहेछन।
मैले पनि सिंगापुरमा एउटा सोनी टिभी किनेको थिए। काठमाण्डौ भन्सार कार्यलयबाट टि भी निकाल्न मलाइ एक महिना लाग्यो। सिंगापुरबाट हामी केही साथि थाइल्याण्ड जाने निर्णय गर्यौ।
हामी मध्ये दिवस ढकाललाई भिषा दिएन। तीन जना मात्र गयौ थाइल्याण्ड। थाइल्याण्डका बारेमा म अबोध थिए। मेरा एक जना साथी थाइल्याण्डका पारखि रहेछन।अर्कामा सामान्य ज्ञान रहेछ। उनिहरू जहाँ जहाँ जान्थे म पछि पछि लाग्थ्ये। उनिहरूले मलाइ छोड्थेनन्। पहिलो पटक मैले अनपेक्षित स्थानको दृश्याबलोकन गरे। जुन मेरो कल्पनामा समेत थिएन।
मलाइ पुर्याइयो त्यस्तो ठाँउमा। उनीहरुले च्वाइस गरे पैसा तिरे गए। मैले त्यसलाइ स्वभाविक ठानिन हेरिरहे। मलाइ वोनरले तेरोलागि पर चिया पसल छ जा भन्यो। मलाइ ह्रयूमुलेसन फिल भयो र म गाडी लिएर होटलमा गए। ड्राईभरले सोध्यो त सँग पैसा छैन? मैले एकसय को टिसी छ भने। त जाने भए म साटि दिन्छु भन्यो। मैले भो भने र होटलमा आएर सुते।
रातको बाह्र एक के बझेको थियो साथमा एक एक जना सहित आए र रात बिताए उनीहरुले । कतिखेर उनिहरू गए थाह भएन। बिषयगत अनबिज्ञता म मा धेरै रहेछ। उनिहरूले भोगेर ज्ञान लिएका थिए भने मैले देखेर।
मैले मेरो आनि बानिमा परिर्वतन गर्न नसक्दा ती सबै अवसर गुमाएको थिए। त्यो उमेर र त्यो समय मेरा लागि नदिमा बगेको पानि जस्तै भयो। अहिले चाहेर पनि प्राप्त गर्न सक्दिन धेरै कारणहरू छन।
मेरो जीवनमा मैले धेरै पछुताउन परेका क्षणहरू पनि छन् ।मैले राम्रो काम गर्न नसकेर पछुताए भन्न खोजिरहेको छैन। मैले मेरा आकाक्षाहरूलाइ किन दमित गरेर राखे भन्नेमा छ। थाइल्याण्ड सरकारले कुल बजेटको १२ प्रतिशत राजस्व प्राप्त गर्दो रहेछ त्यति बेला ,यस प्रकारको टुरिजम बाट।
यौन ब्यबसायलाइ ब्यबस्थित गर्न सकेमा मुलुकलाइ योगदान पुग्ने रहेछ भन्ने कुरा चाइना ,भारत र थाइल्याण्ड उदाहरण बनेका छन। बिशेष गरि नेपालका संभ्रान्त परिवारका पुरूषहरूले थाइल्याण्डको भ्रमण गरिरहदा रहेछन। चाइना यतिबेला यौन पर्यटनको मुख्य केन्द्र बनेको छ।
अर्को दिन साथीहरुले मलाइ पनि लाइभ कार्यक्रममा पुर्याए । नजिकैबाट सात्क्षातकार गरियो । मेरो त्यस बेलाको उमेरले धान्न सक्ने अबस्था थिएन। होटलमा आएर गहिरो स्नान गरियो।
जापान,सिंगापुर देखि थाइल्याण्ड सम्मको यात्रामा म उनिहरू सँगै थिए। २०१० मा मलाइ पुन जापानको भ्रमण गर्ने अवशर मिल्यो। टोकियो देखि हिरोसिमा सम्मको यात्रा पुरा गरियो। १९९४ मा देखेको हिरोसिमा र २०१० मा देखेको हिरोसिमा मेरो उमेर जस्तै फरक थियो।
हिरोसिमा मैले चिन्न सकिन। टोकियो बाट बुलेट ट्रेनमा यात्रा गरेका थियौ। हिरोसिमा पुगियो हिरोसीमा चिनिएन। बिकासले कति ठूलो फड्को मारिसकेको रहेछ हिरोसिमाले। १९४५ मा बमब्लास्ट हुदा बाँकीरहेको एउटा सिंगो कंकाल सहितको घर अहिले पनि देख्न सकिन्छ।
पर्यटकीय महत्वका लागि राखिएको छ। त्यति बेलाको बम ब्लास्टको प्रभाव जापानिज महिलाहरूमा त्यति बेलासम्म थियो जतिवेला म दोस्रो पटक हिरोसिमा पुगेको थिए। अपागं बच्चाहरू जन्मने कारणले हिरोसिमा र नागासाकीका महिलाहरूले ठूलो पीडा भोग्नु परेको थियो।