प्रथम शहिद लखन थापाको स्मृति दिवस न्युयोर्कमा
न्युयोर्क,अमेरिका / नेपालका प्रथम शदिद क्याप्टेन लखन थापामगरको स्मृतिमा अमेरिकाको न्युयोर्कमा कार्यक्रम गरिने भएको छ।
नेपाल आदिबासी जनजाति महासंघ अमेरिका फिप्नाले नेपालका प्रथम शहिद लखनको एक सय ४६ औ स्मृति दिवस न्युयोर्कमा आयोजना गर्न लागेको हो।
फिप्नाका अध्यक्ष राजकुमार बिष्टका अनुसार फेब्रुअरी १९ तारिक आइतवार क्वीन्समा रहेको फिप्नाको केन्द्रिय कार्यलयमा विषेश कार्यक्रम गरि शहिद लखनको स्मृति दिवस मनाइने छ।
कार्यक्रममा फिप्ना संघीय परिषद् , १८ वटा सदस्य संस्था ,सल्लाहकारज्युहरु , पुर्व अध्यक्ष महासचिवज्युहरु लगायत आमन्त्रित ब्यक्तित्वहरुको उपस्थिति रहने जनाइएको छ।