देश भ्रष्टाचारको माहामारीमा रुमल्लिएको छ : कांग्रेस नेता केसी
काठमाडौं । नेपाल कांग्रेसका नेता अर्जुन नरसिंह केसीले देश भ्रष्टाचारको माहामारीमा रुमल्लिएको बताएका छन् ।
काठमाडौंमा आयोजित पर्यटन प्रबद्र्धनमा संचार माध्यमको भूमिकाबारे अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दे उनले भ्रष्टाचारको माहामारीमा रुमल्लिएकैले देशको आर्थिक अवस्था जटिल अवस्थामा पुगेको बताए ।
ठूलो आदर्शको कुरा गर्ने तर कार्यन्वयन नगर्ने चरित्रले राजनीतिको सहि गतिलाई अगाडी बढाउँन नसकिने उनको भनाई छ ।
‘‘देश भ्रष्टाचारको माहामारीले रुमल्लिएको छ । देशको आर्थिक अवस्था झन झन जटिल अवस्थामा छ । ठूलो आदर्शको कुरा गर्ने तर सत्ताको नजिक गएर सबै विर्सने चरित्रले राज्य निमार्णको गति अगाडी बढ्न सक्दैन् ।’’
थापाले प्रेस स्वतन्त्रता नभएमा लोकतन्त्र पनि जिवित राख्न नसकिने टिप्पणी गरे ।