राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ।
नेपाली नागरिकको तर्फबाट युवराज पौडेल सफलले, बुधबार निर्वाचन आयोगमा रवि लामिछाने नेतृत्वको रास्वपा खारेज गर्न माग गर्दै निवेदन दिएका हुन् ।
सो पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधानसहित गृह मन्त्री भइसकेको तर संविधान अनुसार यो पद नागरिक भइसकेपछि मात्रै प्राप्त हुने भएकाले त्यसअघि नै अनागरिक रहेको अवस्था लामिछानेबाट राष्ट्रिय गोपनीयता भंग हुने गरि कार्य भएको आरोप निवेदनमा लगाइएको छ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा २१ मा राजनीतिक दलले गर्न नहुने काम सम्बन्धी उल्लेख छ। जसमा राष्ट्रविरुद्ध जासुसी गर्ने गराउने र राष्ट्रिय गोपनीयता भंग गर्ने सम्बन्धी व्यवस्था छ।
यसअघि युवराजले नै लामिछानको नागरिकताका बारे सर्वोच्चमा रिट दायर गरेका थिए। उनको रिटमा सुनुवाईगर्दै सर्वाेच्चले रवि लामिछाने अनागरिक रहेको ठहर गरेको थियो।














