संसदको भोलीको कार्यसूचीमा पर्यो प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रम
काठमाडौं । प्रतिनिधि सभाको मंगलवार बस्ने बैठकमा प्रधानमन्त्रीले विश्वासक मत लिने कार्यक्रम पनि कार्यसूचीमा परेको छ ।
मंगलबार बिहान ११:०० बजेको लागि बोलाइएको बैठकमा उक्त कार्यक्रम पनि कार्यसूचीमा परेको हो ।
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले सोमबारको बैठकपछि अर्को बैठक मंगलबार बिहान ११ बजे बस्ने जानकारी गराएका हुन् ।















