ओलीले फेरी पनि गरे संसद विघटनको प्रतिरक्षा, भने “संसद विघटन प्रतिगमन होइन”
काठमाडौँ । संसदको दोस्रो ठुलो पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरी पनि संसद विघटनको प्रतिरक्षा गरेका छन् ।
प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बेलायतको उदाहरण दिदैं संसद विघटन प्रतिगमन नभएको दाबी गरे ।
‘एकताका नेपालमा बढो हल्ला चलाइयो । प्रतिनिधिसभा विघटन प्रतिगमन हो भनेर । बेलायतमा कति पटक प्रतिगमन भएछ भएछ त्यसो भए । संसदको जन्मजात देशमा अस्तिसम्मपनि प्रतिगमन भएको थियो । त्यति धेरै जान्ने पनि नहोउँ कि । मौका अनुसारको यति धेरै ब्याख्याप नि नगरौँ कि जस्तोपनि लाग्छ । प्रतिनिधिसभा भंग हुनु प्रतिगमन हैन, जनताका अधिकारका लागि जनतामा जानु र सार्वभौम अधिकारबाट आदेश प्राप्त गर्नु प्रतिगमन हैन ।’
उनले संसदबाट सरकार बन्नु र ढल्नु प्रतिगमन नभएको जिकिर गरे । उनले भने, ‘अन्यत्र लगेर सरकार ढाल्ने काम गरियो भने प्रतिगमन हुन्छ । अहिलेको गठबन्धन प्रगितमनको पक्षमा छैन्, जाँदैन ।’ अहिलेको गठबन्धन दल कु ठाउँबाट सरकार बनाउँने ठाउँमा नजाने उनले बताए ।














