रवी लामिछानेको नागरिकताको विषयमा माघ ११ गते अन्तिम सुनुवाइ हुने (हेर्नुस् अदालतको आदेश)
|
Getting your Trinity Audio player ready...
|
काठमाडौँ । शुक्रवार उपप्रधान तथा गृह मन्त्रीको नागरिकता सम्बन्धि विषयमा अन्तरिम आदेश दिन अस्वीकार गरेको सर्वोच्च अदालतले उनको मुद्दामा अन्तिम सुनुवाइ माघ ११ गतेको लागि तोकेको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेपनि अग्राधिकार दिँदै अन्तिम सुनुवाइका लागि माघ ११ मा पेस गर्न आदेश दिएको हो ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासले अन्तरिम आदेश जारी नगर्ने आदेश दिएको हो ।
अन्तरिम आदेश नभएपछि लामिछानेले गृहमन्त्री र सांसद्का रुपमा नियमित काम गर्न कुनै बाधा हुनेछैन ।










