पुरानै नियमावली अनुसार संसद बैठक बस्ने, पहिलो दिन शीर्ष नेताले सम्बोधन गर्ने
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । नयाँ नियमावली नबन्दा सोमबार बस्ने प्रतिनिधि सभाको पहिलो बैठक पुरानै नियमावली अनुसार बस्ने भएको छ ।
संसदको पहिलो बैठकका एजेण्डा तय गर्न बसेको सर्वदलीय बैठकले पहिलो दिन दलका शीर्ष नेताहरूले बोल्ने कार्य तालिका तय गरेको छ ।
यस्तै बैठकले पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तय गरेको छ ।
सभामुख चयनका बारेमा भने अर्को सर्वदलीय बैठकले निर्णय गर्ने सहमति भएको छ ।








